समाचार

बालुवाटार बैठक सकियो ,के निस्कीयो त निष्कर्ष

By थाहा अनलाइन

July 19, 2017

सैघाली खबर , काठमाण्डौ ४  साउन सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकले संविधान संशोधनबाहेकका राजपाका सबै माग एक दुई दिनभित्रै पूरा गर्ने सहमति भएका छन।।

बैठकमा राजपाका नेताहरुले आफूहरु चुनावमा जान तयार रहेको तर यो बीचमा सरकारले गर्न सक्ने सबै कामहरु पूरा गर्नुपर्ने अडान लिएका थिए। राजपाकै अडान अनुसार सरकारले बन्दी कार्यकर्ताहरु रिहाई, मुद्दा फिर्ता, सहिद घोषणा, क्षतिपूर्ति र घाईतेहरुको उपचार लगायतका राजनीतिक माग ३(४ दिन भित्र मन्त्रिपरिषद बैठक बसी पुरा गर्ने वचन दिएको राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बताए।

यसैबीच आज मन्त्रिपरिषद् विस्तारको सम्भावना कम रहेको छ। संविधान संशोधन विधेयकका पक्षमा अझै दुई तिहाई पुगेको छैन। अहिले नै सरकार विस्तार गर्दा साना दलहरु असन्तुष्ट हुने र संशोधनको विपक्षमा जान सक्ने भन्दै भोलि या पर्सीसम्ममा सरकार विस्तार हुने बैठकमा सहभागी कांग्रेसका एक नेताले