समाचार

घोराहीमा घोराही युथ पोयट्री स्ल्याम

By थाहा अनलाइन

September 07, 2018

समिक्षा गाहा, घोराही २२ भदौ।

घोराहीमा क्युसी अवार्ड २०१८अन्तर्गत घोराही युथ पोयट्री स्ल्याम कबिता प्रतियोगिता हुने भएको छ।

सतोरी सेन्टर फर दि आर्टस् किहोतेज कोभ र कबिता समुह वर्ड वारीयर्सको आयोजनामा यहि भदौ ३० गते घोराहीमा हुने आज घोराहीमा पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक युक्ता बज्राचार्य जनकारी गराउनु भएको थियो ।

प्रतियोगितामा १४ देखि १८ बर्षका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । साथै त्यस अवसरमा घोराही क्षेत्रमा १० विद्यालयको सहभागी रहने छ ।

घोराही क्षेत्रमा रहेका पाँच सामुदायीक बिद्यालय र पाँच निजी बिद्यालयहरु बिच प्रतिस्पर्धा हुने कार्यक्रमका मिडिया संयोजक सुरेन्द्र जोशिले जनाकारी गराउनु भएको थियो ।

घोराही उपमहानगरपालीकाको कार्यलयको हलमा ठिक १२ बजे देखि कार्यक्रम शुरु हुने जनाइएको छ।