द्धन्दपीडितका लागि आएको ४ करोड राहत रकम फिर्ता



सुशिल बस्नेत
दाङ ४ साउन। द्धन्दपीडितका लागि दाङमा आएको ४ करोड राहत रकम फिर्ता भएको छ । द्धन्दपीडित परिवारहरु राहत वाफतको रकम लिन नआउदा ३ करोड ९९ लाख १५ हजार रुपैँया फिर्ता भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालय दाङले असार २५ देखी ३० गते सम्म निबेदन संकलन गरेको थियो ।

दाङका द्धन्द्ध पिडितलाई राहत रकम स्वरुप पछिल्लो चरणमा २६ करोड एक लाख ५० हजार रुपैयाँ आएको थियो । उक्त रकम मध्य २२ करोड २३ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखाप्रमुख विश्वमाया बहकरीले जानकारी दिनुभयो ।
५७ जना बेपत्ता, ४ सय १४ मृतक र ७१ मृतक सेना प्रहरीका लागि बजेट आएको थियो । तर ५१ जना बेपत्ता, ३ सय ७८ मृतक र ५२ मृतक सेना प्रहरीका परिवार मात्रै सम्पर्कमा आएको प्रशासनले जनाएको छ ।

दाङमा मृत्यु र वेपत्ता भएका ४ सय ८१ परिवारलाई सरकारले दिने राहतमा १० लाख पुगेको छ । जिल्ला प्रशासन कार्यालय मार्फत मृतक सर्बसाधारण, सेना प्रहरी र बेपत्ताका ४ सय ८१ जनाको परिवारलाई दुई चरणमा गरि १० लाख राहत दिईएको हो ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा ३ सय ७८ जना मृतक, ५१ बेपत्ता र मृतक सेनाप्रहरीका ५२ घर परिवारलाई दोस्रो किस्ता स्वरुप राहत रकम दिईएको हो ।
पहिलो चरणमा मृतक र बेपत्ताका परिवारले यस अघि पाँच पाँच लाख रुपैयाँ बुझिसकेका छन् । मृतक सेना प्रहरीका परिवारले साढे ८ लाख रुपैयाँ बुझेका थिए ।

हालै आएको राहत रकमबाट मृतक र बेपत्ताका परिवारले थप पाँच लाख र सेना प्रहरीका परिवारले साढे एक लाख रुपैयाँ पाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्