महावाणिज्य दूतावासको अवलोकन



ल्हासा, २३ भदौ । चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले आज (शनिबार) बिहान तिब्बतस्थित नेपाली महावाणिज्य दुतावासको अवलोकन भ्रमण गर्नुभएको छ ।  दुतावासमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डललाई ल्हासास्थित नेपाली महावाणिज्य राजदुत गोविन्द कार्कीले स्वागत गर्नुभएको थियो ।

 

सो अवसरमा सभामुख महराले नेपाल र तिब्बतबीच व्यापार बढाउन महावाणिज्य दूतावासको महत्वपूर्ण भूमिका रहने भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न आग्रह गर्नुभयो । उहाँले नेपालसँग सिमा जोडिएको चीन (तिब्बत)बाट व्यापारिक रुपमा धेरै फाइदा लिन सकिने बताउनुभयो । भेटमा महावाणिज्य दुत गोविन्द कार्कीले महावाणिज्य दुतावासको अवस्था, नेपाल तिब्बत व्यापारको गति र सम्भावनाका बारेमा जानकारी गराउनुभएको थियो । सभामुख महराले भोलि नै ल्हासास्थित नेपाली महावाणिज्य दुतावास भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्