कथा काठमाण्डौ टीम देश दौरान अभियानमा, भदौ २६ गते दाङमा



सैघाली खबर, २३ भदौ ।
असोज १२ अर्थात सेप्टेम्वर २८ देखि देशैभरका सिनेमा हलहरुमा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र कथा काठमाण्डौँको टिम यतिबेला देश दौरान अभियानमा छ । आहना फिल्मस्ले तयार पारेको चलचित्र कथा काठमाण्डौको टिम चलचित्र प्रचार–प्रसारको लागि देश दौरान अभियानमा लागेको हो ।

यसैक्रममा चलचित्रको टिम भदौ २२ गते शुक्रबार ईटहरी र पार्थी पुगेको थियो भने भदौ २३ गते सनिबार अथार्त आज दमकका दर्शकहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै भदौ २५ गते चितवन र बुटवल, २६ गते दाङको घोराही र २७ गते चितवन महोत्सवमा पुग्नेछ । लस्ट, लाईफ र लभ गरि तीनवटा स्टोरीमा तयार पारियएको यस चलचित्रको लेखन तथा निर्देशन संगिता श्रेष्ठले गर्नुभएको हो भने निर्माता विजय राई हुनुहुन्छ ।

चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुशमान देशराज, प्रेक्षा अधिकारी, संजोक कोईराला, सन्ध्या केसी लगाएतका कलाकारहरुको अभिनय रहेको छ । कथा काठमाण्डौँको गित र ट्रेलर सार्वजनिक भएपछि प्रियंका र प्रमोदको अभिनयप्रति धेरै दर्शकहरुको कौतुहलता पनि बढेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्