धादीङ।
धादिङमा अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको छ।
गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर धादिङको सत्यादेबी गाउँपालिकामा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी डम्बर विकले जानकारि दिए। उनका अनुसार हेलिकोप्टर दुर्घटनामा परेको ठाउँ नुवाकोटको सिमानामा पर्दछ।
हेलिकोप्टर गोरखाको मनास्लु क्षेत्रमा पर्यटकहरु छाडेर काठमाडौं फर्किँदैै गरेको बताइएको छ। हेलिकोप्टरमा कति सवार थिए भन्ने खुल्न सकेको छैन। घटनामा परी मानवीय क्षति भए नभएकोबारे थप विवरण आउन बाँकी रहेको एसपी विकले जानकारी दिए।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।