निर्माता सम्पर्क बाहिर रहँदा ‘कस्मिक लभ’को छायांकन रोकियो



सैघाली खबर, भदौ ।

चलचित्र निर्माण गर्नु अगाडि कति बजेटमा कसरी बनाउने भन्ने आँकलन गर्न नसक्दा निर्माताहरु चलचित्र छायांकनको समयमा नै टाट पल्टिएर बस्न वाध्य छन् ।

चलचित्र घोषणा गर्दा पाँच तारे भन्दा कममा नगर्नु, एकैपटक आधा दर्जन चलचित्र बनाउछु भनेर फुर्ती लगाउने तर चलचित्र छायांकन गर्दै जाँदा टाट पल्टिएर पुरा काम पनि नभ्याउने समस्या बढेको छ ।

अन्नपूर्ण होटलमा घोषणा गरिएको चलचित्र ‘कस्मिक लभ’को छायांकन अहिले रोकिएको छ । करिब १० दिनको काम बाँकी रहँदा निर्माता जे गौतम सम्पर्क बाहिर गएपछि यसको काम प्रभावित भएको हो ।

चलचित्रका प्रस्तुतकर्ता सुरज प्रधानले एउटा गीतको छायांकन गरेका थिए । वुझिएअनुसार, उनले ब्यानर मात्र साझेदारी गरेका हुन् । तर, करिब ६५ लाख खर्च भैसकेको चलचित्रको छायांकनकै समयमा निर्माता गौतम सम्पर्क बाहिर बसेपछि काम प्रभावित भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्