हाम्रो पहुँचमा तिज बिशेष कार्यक्रम (भिडियो)



आशिष के. सी.
सैघाली खबर, दाङ ।
हाम्रो पहुँच बहुउद्देश्यिय सहकारी संस्थाले तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । हाम्रो पहुँच बहुउद्देश्यि सहकारी संस्थाको आयोजनामा भएको तिज बिशेष कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यिय सहकारी संस्थाद्धारा सञ्चालीत बिभिन्न परीयोजनाका कर्मचारी र सञ्चालक समितिको उपस्थित रहेको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले महीलाहरुको महान पर्व तिजलाई देखासिकी नभई सभ्य तरीकाले बनाउन सुझाव दिएका थिय ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहाकार नारायण प्रसाद भण्डारीले तिज पर्वका नाममा भित्रीएका बिकृतिका कारण नै बिभिन्न घटनाहरु भित्रिएको बताउनु भएको थियो । उहाले तिज पर्व दुख सुख साट्ने पर्व भएकाले महीलाईहरुलाई देखासिकी नभई सभ्य तरीकाले मनाउन सुझाव दिनु भएको थियो । कार्यक्रममा लेखा समिति संयोजक सुर्य प्रसाद शर्माले चाडपर्वका नाममा गरीने फजुल खर्च कटाएर बिभिन्न असाय, दीन दुखीहरुलाई सहयोग गर्न उचित हुने वताउनु भएको थियो ।

शर्माले तीज पर्व अन्याय र अत्याचार विरुद्धको महिला एकताको सन्देश दिने पर्व भएको भन्दै यस पर्वलाई समयअनुकुल बनाउदै संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । संस्थाका निमित्त ब्यवस्थापक बसन्ता पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन हाम्रो पहुँच सेकेण्डेरी स्कुलका सह प्रध्यानाध्यापक शिब पुनले गर्नु भएको थियो भने बिभिन्न वेदेना पोखीएको गितहरु प्रस्तुत गरीएको सांस्कृतिक कार्यक्रमको सञ्चालन भने बिद्यालयका प्रध्यानाध्यापक डि आर भण्डारीले गर्नु भएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्