बेगनास तालमा दुई डुंगा पल्टिए, ६ जना बेपत्ता



पोखरा–बेगनासतालमा दुई वटा  डुंगा एक अापसमा ठाेक्किएर पल्टदा ६ जना बेपत्ता भएका छन्।  शनिबार दिउँसो दर खान हिडेका महिला सवार दुर्इ डुंगा पल्टिएका हुन्।  तालबाट तीन जनालाई जिवितै उद्दार गरिएको छ। अरु हराईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्राप्त जानकारी अनुसार  बेगनासको लिब्दी टुडाँबाट दुईवटा डुंगा लिएर १० जना महिलाहरु तालको सिरानतर्फ गएका थिए । एउटा बच्चा तालमा खसेपछि आमा आत्तिदैं उद्दार गर्न तालमा हामफाल्दा दुवै डुंगाको सन्तुलन गुमी पल्टिएकाे जनाइएकाे छ।

डुंगा पल्टिएकाे स्थानीय जलारीले  देखेपछि  प्रहरीकाे उद्दार टोलीलाई खबर गरेका थिए। उनीसँगै अन्य स्थानीयको सहयोगमा तीनजनाको उद्दार गरिएको थियो । प्रहरीले खोजीकार्य जारी रहेकाे जनाएको छ ।

तालमा डुंगा सयर गर्न अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनुपर्छ । तर उनीहरु आफ्नै डुंगा लिएर गएको आशंका गरिएको छ ।

टिकट काटेर डुंगा सयर गर्नेलाई अनिवार्य लाइफ ज्याकेट दिईन्छ । आफनै डुंगा भएकै कारण उनीहरु लाइफ ज्याकेट विना नै डुंगा लिएर गएको अाशंका छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्