सल्यान २३ भदौ । मेरो १५ वर्ष पुरानो साथि !नाम उसको धन बहादुर ! पछि भूमिगत भए पछि कमरेड चिर्को भयो! स्वभाब पनि उस्तै दुरुस्त! नाम जस्तै! देश र जनताको परिबर्तनको लागि लामै समय युद्द मोर्चामा खटिएको थियो! उसलाई हरेक लडाइको पहिलो मोर्चा एसाल्टमै खट्नु पर्ने, कदम कदाचित लड़नेमा नाम परेन भने रिसायर यो बन्दुक के गर्नु ? भनेर फाल्न पनि खोज्थ्यो भन्ने पनि सुनेको थिए ! प्राण नत्याग्दा सम्म लडिरहने अनबरत हामि जे होस् उ पनि पनि लामै खट्यो लामै लड्यो र अन्तमा म जस्तै उसले पनि त्यो यात्रा बिचमै रोक्यो ! अनायासै !
मनभरी उनै सहयोद्दाहरु झल्झली देखा परिरहेछन! थुप्रै नसुतेका प्रहरहरु जस्काउछन ! अधेरी रातमा पार गरेका सिस्ने, जलजला, कुमाख मुस्कुराउछन ! आफु नसुतेर हामीलाई सुताउने,आफु नखाएर हामीलाई खुवाउने जनताका यादहरु पिरोल्छन! दिन केवल यस्तै यस्तै तरिकाले बितिरहेका थिए ! देशमा निरन्तर बमका धुन गंजिरहेका थिए ! मर्ने र मार्नेका खबर आइरहेका थिए ! घर,बस्तिहरु जलिरहेका थिए !
चयन ले बस्न-सुत्न एक साधारण व्यक्ति त सक्दैन थियो झन् हामि को के कुरा !अन्तमा,हामि दुवै परदेशिने सुर कस्यौ ! हाम्रो एस बाहेक अर्को बिकल्पै थिएन ! कसरि विदेशिने कसरि जान्छन के-के चाहिन्छ,मेरो लागि सहज केहि थिएन र उता साथि लाइ पनि !आफैले गाउबाट लखेटेका गाबिस अध्यक्ष्य हस्ताक्षरको सिफारिस चाहिने रे ! आफैले दुस्मन किल्ला ठानेको जिप्रकाबाट नागरिकता र पासपोर्ट कसरि लिनु ? निकै मुस्किल थियो र यत्तिकै मुस्किल घरमै बस्नु पनि ! अन्तमा बाबा, उच्च शिक्षा हासिल गर्दा चिनेका एक जना आफन्त र हाम्रा जिल्ला सदरमुकाम तिर दख्खल राख्ने १ जना माओबादि साथि को कसरत बाट आफु नगईकनै यो सबै प्राप्त भयो !मैले त पाए तर उता साथीको अत्तो-पत्तो थिएन ! न फोन,न त सम्पर्क नै !
ससुरालीको ‘शरण’ मा दाङ्ग तुलसीपुर छिरियो ! त्यता विदेश जाने चलन बाक्लै भै सकेको रहेछ ! आफ्नै आफन्त विदेश पठाउने एजेण्ट रहेछन ! उनलाई मेनपावर काठमान्डू सबै पत्तो रहेछ ! मैले पनि राहदानी उहालाई नै दिए ! “कुन देश, के काम, कति तलब र कति लागत सबै भिजा आए पछि मात्रै थाह हुन्छ” भन्दै उनले मेरो राहदानी लिए ! २-४ महिना पछि मलेशिया उड्नु पर्ने भन्ने खबर आयो काम दाना बनाउने फ्याक्ट्री, तलब नेपाल को २० हजार सुनाइयो !तर मेनपावरमा पुग्दा थाह भयो कि तलब मलेशियाको ४८१ तत्कालिन अबस्थामा ४८१गुना १८ ८६५८ सुनाउनु भयो र त्यसमा पनि खान आफै खानु पर्ने र लेभी मलेशिया रिंगेट १५० गुणा १८ नेपालि २७०० काटिने जानकारी भयो ! बिचमै टुटेको मेरो क्रान्तिको यात्रा ,१५ महिनाको छोरा र श्रीमती बाउ-आम इस्टमित्र सबै छोडेर ब्याज मा ऋण काढेर तत्कालिन अबस्थामा ८०००० असि हजार पैसा बुझाउदै अन्तमा पराइ देशतिर जाने पक्का पक्कि गरे !२०६२ फाल्गुन थियो, पहिलो पटक अखिल क्रान्तिकारीको १६ औ राट्रिय सम्मेलन हुदा छिरेको थिए यो दोश्रो पटक काठमान्डू छिरे !२ दिन मा उडान हुन्छ भनिए पनि यता आज आज भोलि भन्दै ३१ दिन लाग्यो तर जमाना आज को जस्तो थियन जे भन्यो, जस्तो भन्यो त्यहि सहनुको विकल्प थिएन !
एउटा इतिहासलाई बिचमै बिट मार्दै , सके पछि जोड्ने, नसके पनि सधै साथमा रही रहदै आस्था कायम गर्ने कसम खादै, असहय पीडाले भक्कनिएको मनलाइ सम्हाल्दै अन्तत नेपाल छोडे ! मेरो लागि अब सबै नया थियो ! बस्ति नया! बसाइ उठाई नया ! साथि भाइ नया र रितिरिवाज र सस्कार पनि नया ! यो मलाइ मात्रै थिएन, हरेक विदेशिने नेपालीले भोग्ने पिडा थियो ! घरमा आमा, श्रीमतीको हातले पकाएको खाने केटो,बिहान घाम लाग्दा सम्म सुतेको ज्यान, मन लाग्दा काम गर्ने नत्र नगरेको बानि,आफ्नै इच्छा र चाहानामा चलेको दिनचर्या पुरै भुल्नै पर्ने थियो !
आफै पकाउनु पर्ने, आफै कपडा धुनु पर्ने, याबात् सबै-सबै गर्दै ,१८ घण्टा सम्म दैनिक काम गर्नुको पिडा कति होला झन् त्यसमा पनि भनेको काम छैन ! दाना फ्याक्ट्री भनेको ५० औ हजार कुखुरालाई ह्यांगरमा लट्काएर मासु काट्-कुट पार्ने फ्याक्ट्री पो रहेछ !जहाँ आखा बाट आसु आउने गरि काम गर्नु पर्थ्यो ! दुखका कुरै नगरौ कति-कति ! ठगिनुको सिमा नै रहेन,तर के गर्नु आफु नै सचेत र सजग नभए, सबै क देखि ज्ञ सम्म अर्कैको भर पर्दा यो हुनु स्वाभाविक थियो ! र कम्पनीको कुनै गल्ति थिएन पनि! उसले मलाइ काम गर्न भिजा दिएको थियो! बस ! मैले पनि त्यो भूमिका निभाउनै पर्यो! मैले यसलाई धेरै असहज पनि ठानिन ,म उसबेला १२ कक्षा पास गरेको, धेर-थोर अधिकारको लागि लडेको एक युवा भएपनि मलाइ तत्कालिन प्राप्त काम बारे कुनै दक्खल थिएन! म सामान्य लेबरले गर्ने काम गर्नुको अर्को बिकल्प थिएन! त्यो गर्नु मेरो कर्तब्य थियो जो निभाउदै गए ! बैदेशिक रोजगारी केवल पैसा आर्जन गर्न मात्रै होइन यो त अनुभव पनि हो जहाँ हामीले बिताउने हर समयको सहि सदुपयोग गर्दै ज्ञान,शिप हासिल गर्दै जान सक्छौ ! हामीले आफने सृजन् शिलातामा प्रयोग गर्न पनि सक्छौ ! यसमा मैले कसैलाई दोष दिन खोजिन आफ्नो नियति,बाध्यता नै जिम्वेवार ठाने !
दिनहरु बित्दै गए ! सुरुमा जसरि दिनचर्यामा असहजता थियो त्यो बिस्तारै कम भएको महसुस भयो,यद्यपि त्यो अधुरै रहेको राजनीति, घर, नाबालक छोरा,श्रीमती,आमा -बुवा,आफन्तको सम्झनाले हरपल सताउने गर्थ्यो ! म मात्र एक्लो थिएन ! म जस्ता सयौ नेपालिहरु त्यही कम्पनीमा थिए ! लाखौ नेपालिहरु त्यही देशमा थिए ! यस्तो लाग्दथ्यो कि बास्तवमा जीवनयात्राको अर्को अध्यायको थालनी भइरहेको छ ! यहाँ नेपाली भन्दा माया लागेर आउथ्यो ! जिल्लाका भन्दा आफन्त जस्तै लाग्थ्यो !गाउ नजिकैको भेट्दा आफ्नै परिवारको सदस्य भेटे जस्तो हुन्थ्यो !
त्यसमा आफ्नै जस्तो बिचार, राजनीति मिल्ने भेटदा बिगतका सहयौदाको माया मेटिन्थ्यो ! थुप्रैबाट सिके ! थुप्रैलाई सिकाए!कयौलाई आफन्त बनाए! त्यही बस्दा सुरुमा अति मिल्ने साथीलाई अन्तमा जुनी जुनी सम्म रहनेगरी मित ज्यु बनाएर सम्वन्ध जोडे ! सके सम्म सबैको प्यारो बने र मेरो काम कर्तब्य प्रतिको दृढ लगाबले कम्पनीमा पदोन्नति पनि भयो ! सुरुका दिनमा जसरि धेरै दुख गरेको थिए अन्तत सुखको केहि हद सम्म फल मिल्यो ! यसरि दिन काट्दै जादा आफनै साथि संगी दाजुभाइ संग दुख पिडामा हातेमालो गर्दै जादा २ वर्ष बित्यो समयको रफ्तारमा यतामा बिस्तारै बदलिरहेको थिए उता नेपालको राजनीतिमा पनि फेरबदल हुदै थियो! बिभिन्न माध्याम बाट खबर सूचना बुझिनै रहिथ्यो !
एक दिन को कुरा हो, कम्पनीमा दिपावलीको छुट्टी थियो ! केहि साथिहरु बाहिर घुमघाममा जाने निधो गरे ! सबै २०-२२ बर्से ठिटाहरु,कति बस्नु हो रूममा ?यसो निस्कौ न हउ मेरो मित कराउदै भन्नु भयो !बाहिर जाने भनेसी मनै चंग सधै बाधेर राखेको गोरु जस्तो कहिले दाम्लो खुल्ला अनि जाम्ला झैँ सबै हतार-हतार गर्दै कोटाबाट निस्कियौ ! हाम्रो कम्पनि सेरामिक बाट करिब २ मलेसिया रिंगेट भाडा तिरेर इपो पेराक जहाँ ठुलो बजार थियो!आइएमि अनि नेपालि खाजा घर थिए त्यहि पुग्यौ ! हामि जस्तै सयौ कम्पनीबाट हजारौ नेपालि युवाहरु बजारका गल्लि-गल्लि, मार्केट,पार्क ,चौर ,यत्र-तत्र देखिन्थे ! हामि पनि आफनै धुनमा थियौ ,पैदल गल्लिबाट हिडिरहेका थियौ ! इण्डियन (काले तमिल ) सिडि पसलमा कुन चाहि नया फिलिम को सिडि (चक्का) पाउछ त्यो खरिद गर्न हिडिरहेका थियौ!यकासी एक जना युवा म संग ठोक्किन पुगे!उनि मलाइ सरि (कवान )साथि भन्दै अघि बढ्दै थिए मैले चिनी हाले!
उनि त्यही मेरो प्यारो साथि धन बहादुर उर्फ चिर्को t थिए ! म निकै खुसि हुदै ऒइ चिर्को भनेर कराए !उनि फर्केर मलाइ हेरे !हामि दुवैले एक छिन सम्म एकले अर्कालाई हेरी रह्यौ ! म बिस्तारै उनको नजिक पुगे! एकले अर्को लाइ अंगालोमा बाध्यौ सोच्दै नसोचेको एउटा बर्गीय नाताले अति नजिकको साथि पराइको देशमा पाउदा आखाबाट बर्रर खुशीका आसु झरे !साच्चिकै बर्गीय माया कति अजिब हुदो र’छ !! हामि १ मिनेट पनि यता-उता नगरी गफिरह्यौ ! हाम्रा बिगत देखि हालसम्मका दिन चर्या र घटना क्रममा ! समयले नेटो काट्दै थियो साथमा आएका मेरा साथि १० ठाउ घुमेर फर्किसकेका थिए र हामि दुइ पनि छुट्टिनु पर्थ्यो कुराकानी लाइ बिट मार्दै गयौ ! मैले छिट्टै नेपाल फर्कने, अधुरो राजनीतिलाई जोड्ने, देशमै केहि गर्ने, योजना सुनाए ! उनिले अझै ३-४ वर्ष दुख गर्ने, अनि नेपाल फर्केर घर-जम गर्ने, उतै केहि गर्ने सुनाए !यति भनि फेरि-फेरि भेट्ने भन्दै चिया सम्म नखाई हामि एक अर्का बाट ओझेल भयौ !
२०६५ को अन्तिम महिना, म राम्रै सुबिधाको तलब र कम्पनीको जागिर त्याग्दै नेपाल आइपुगे ! हवाइजहाज को दोस्रो यात्रा गर्दै काठ्माण्डौम तेस्रो पटक छिरे ! करीब यो अढाइ बर्सको अन्तरालमा काठमाण्डौ निकै नै फरक देखिन्थ्यो ! राजनीतिक रुपमा उथल-पुथल भैसकेको थियो ! अब नेपाल मै हामि साच्चिकै केहि गर्न सक्छौ भन्ने आटमा झन् हौसला छायो ! घर पुगे ! इस्ट मित्र भेटे ! पार्टीमा हिड्दाका कयन साथीलाई भेटे! धेरै जसोमा हर्स उत्साह नै देखे ! दिन बित्दै गए ,वर्ष बित्दै गए ! आफुले सोचेको लक्ष्य र योजना पुरै नभई बिस्तारै हराउदै गएको भान हुन् थाल्यो ! सुरुमा म पो बिग्रेको हु कि जस्तो लाग्दथ्यो ! मैले पो केहि गर्न नसकेको हु कि जस्तो लाग्थ्यो !
तर पार्टी नै बिग्रेको हो नेता नै बिग्रदै गएका हुन् कि भन्ने आसंका बढ्दै गयो ! म बाहिर जे जस्तो भए पनि आस्था र जनायुद्दै कै कुरा गर्थे तर थुप्रै साथि हरु बाहिर जनयुद्दका कुरा गर्थे तर भित्र धनयुद्द चलाइरहेका थिए ! पार्टी ठुलो युद्दबाट शान्ति प्रकियामा अवतरण गर्दैथियो! देश गृह युद्दबाट छुटकारा पाउदै थियो ! यसले केहि आशाका किरण देखाएको थियो ! यसको साथ्-साथै पार्टी बिग्रने पो हो कि ? नेता बिग्रने पो हुन् कि ? समग्रमा फेरि समाज नै बिग्रने पो हो कि? हामि ले महान सहिदको त्याग, तपस्या र बलिदानी देश र जनताको लागि थियो भने साबिद गर्न नसकिने पो हो कि ? यस्तै कयन बिसयमा आसनकाहरु बढ्दै थिए ! यस्तै गुट, उपगुट अनि फुट मा सरिक हुदै थुप्रै वर्ष काट्दै गइयो अन्तत माथिका सबै आसंकाहरु सत्य साबिद भए ! जनयुद्द समाज वाट खुम्चिदै गयो धन्युद्दको बिस्तार भयो !अन्तत बाघ को गर्जन जस्तो बनेर आएको शक्ति दुलोमा भिजेको मुसो जस्तो भएर बस्ने दिन सुरुवात भए !
समय २०६८ साल नै हो पार्टी अन्तत फुट्यो ! म फेरि बाहिर बिद्रोह गर्नेहरुको पछि लाग्न छोडिन ! किरण बैधको नेतृत्वमा सातौ महाधिबेसन भयो ! मोटरसाइकल कै यात्रामा दाङ्ग बाट फेरि काठमान्डू सातौ पटक छिरे (बिचमा २-३ पटक अन्य काम मा आएको थिए ) हुन् त मा सानो फुच्चे कार्यकर्ता त्यो पनि पार्टी क्रान्ति मा छदै निस्क्रिय हुन् पुगेको मान्छे तर मलाई पार्टी सिदान्त र बिचार सबै भन्दा ठुलो लाग्दथ्यो ! चाहे मलेशियामा हुदा होश ,चाहे बिरेधि संग होश, चाहे फरक राजनितिक आस्था राख्ने साथिभाइ र इस्त्मित्र संग किन नहोश! आफुले जाने २-४ कुरा, विचार, आफ्ना पार्टीको राखीहाल्थे ! धेरै मेरा कुरामा प्रभावित हुन्थे र कसै कसैले त यस्तो मान्छे किन यस्तो पार्टीमा लागेको पनि भन्थे ! कसै-कसैले पार्टीमा लाग्दा लुटेको धन अझै सकिएको छैन पनि भन्थे यसो भन्दा मैले पिर मान्नु पर्ने ठाउँ नै थिएन किन कि मैले त्यस्तो नगरे पनि कयन ठाउ मा त्यस्तो भएको पनि रहेछ !
जनयुद्द गर्न भनि हामि लागे पनि कयन त धनायुद्दको लागि लागेका हौ पनि थिर होला ! कसैलाई पिट्न,बदला लिन अनि सम्पति जोड्न पनि माओबादि भएका थुपरै रहेछन जुन समाजले देखे, त्यही भने !त्यसमा मेरो गुनासो गर्ने ठाउ नै रहेन ! यसरि ‘हरुवा पार्टीको चरुवा कार्यकर्ता’ हुदै आफुले जाने बुझे सम्म हिडीरहे ! संगैका साथिहरु ठुला-ठुला पोस्ट मा पुगेका थिए ! कोहि सदरमुकाम आसपासका बजारहरुमा ब्यबस्थित हुदै थिए भने हजारौ हजार कार्यकर्ताहरु व्यक्तिगत जिबन कसरि सुरु गर्ने, जिबिको पार्जन कसरि गर्ने, युद्दकालम भत्केको घर कसरि मर्मत गर्ने, भूमिगत जिबन बाट खुल्ला समाजको सस्कारमा कसरि रुपान्तरण हुने भन्ने जस्ता अनेकन समस्या बोकेर भौतारिरहेका देखिन्थे ! यसै क्रममा धेरैले “तिमि त विदेश पनि बसीसकेको मान्छे यो बारेमा ज्ञान छ, जानकार छौ,अब हामिलाइ पनि त्यहा सम्म पुर्याइदिनु पर्यो” भनेर आग्रह गर्न थाले ! सुरु सुरुमा धेरै लाइ सम्झाए ! यतै केहि गरम “यार” एक दिन न एक दिन त हामीले भनेको दिन कसो न आउला र ? गरिब कै लागि भनेर आको सत्ता कसो गरिबको पक्षमा नहोला र ? तर उनि हरु मेरा फुर्सा गफ ले मान्ने पक्षमा थिएनान किन कि उनीलाई घरको चुलो सल्काउनु थियो!
उनीहरु पार्टी बाट खर्च पाउने हैसियतका थिएनन अन्तत उनीहरुको लागि पनि बैदेशिक रोजगार निर्बिकल्प बन्यो ! यसरि आज १ जनाले सोध्न थाले भोलि अर्को जनाले सोध्न थाले गर्दा गर्दा म त मेनपावर वाला ( समाजमा दले )को नाम ले चिनिन थाले ! आफ्ना साथीभाई मात्र नभएर अन्य बेरोजगारी युवाहरु सम्म मेरो सम्पर्कमा आउन थाले ! मान्छे दिए बापत मेनपावर बाट कमिशनपनि आउन थाल्यो ! आफ्नो गुजारा नै चल्न थाल्यो !
आफुले नचाहेको पेशा र व्यवसायमा जानी नजानी जोडिन पुगे ! यो ब्यबसाय हामिले नचाहेर पनि जरुरि थियो ! हामि सबै समाज, राजनीतिमा, जनताको आर्थेक पक्ष बारे चासो राख्ने व्यक्तिले यो बारे जान्न र बुझन नै नचाहेर पनि यो कतै ठग को अड्डा हुन् पुगेको हो कि भन्ने मनमा लाग्यो र यो पेशालाई बिचौलिया होइन बरु सरकार ले तोकेको नियम र कानुनको अधिनमा रही आफुले जानेको अनुभव सुनाउदै सके सम्म सर्ब सुलभ र सुरक्षित तरवरले बैदेशिक रोजगारीमा पठाउनु पर्छ त्यसको लागि सस्थागत नै हुनु पर्छ भनि २०६९ मा २०-२५ पर्तिशत शेयर लिई काम गर्न थाले !
२०७० साल बैसाख महिना ! घाम ले भन्दा काठमांडूको धुलो र प्रदुसनले सताउछ ! हातमा झोला बोकेर लुरुक्क-लुरुक्क कोठाबाट बस चढ्न गंगबु चोक निस्कदै थिए फेरि तिनै कमरेड धनबहादुर उर्फ चट्याङ्ग भेटिए ! बिगत भन्दा अलि फरक देखिन्थे उनि ! हामि पहिले जस्तो भेट हुदा अंकमाल गर्ने समय र अबस्थामा थिएनौ हाम्रा भावना र सोचाइहरु पहिले जत्तिका सुद्द थिएनन र पहिले जस्तो कमरेड पनि भनिएन ! मलाइ उनीले के छ कमल सर भने! मैले पनि ठिकै छ दाइ भने! हात मिलायौ र नजिकैको चिया पसलमा गएर कुराकानी गर्यौ ! पार्टीका गफ नै गर्न रुचाइनौ उहा प्रचण्ड पार्टीको नेता मा बैध्य पार्टीको झोले कार्यकर्ता ! हामि सिधै ब्यबसायका कुरा गर्यौ ! उत्पादन त सबैका गफै हुन् पशुपालन, मत्यपालनमा पुजी नै नपुग्ने, खेतीबारीमा बजार ब्यबस्थापनको कमि भएको कुरा छलफल गर्यौ मैले मेनपावरमा थोरै लगानी हालेर काम गर्दै गरेको सुनाए उहाले ब्यबस्थित मासु पसल खोल्ने कुरा गर्नु भयो ! म त विदेश मा २ वर्ष बसेको,उहा त ७ वर्ष काट्नु भएछ ! घरमा आएर बिहे-दान पनि भएछ ! कमाइ काज पनि १८-२० लाख भएको कुरा गर्नु भयो ! विदेशमा सिकेको र देखेको अनुभवमा ब्यबस्थित मासु पसल खोल्न लागेको सुनाउनु भयो ! एक आपसमा भेट्ने फोनमा कुराकानी गर्ने भन्दै एक आपसमा फोन नम्वरहरु साट्दै आ आफ्नो गन्तब्य तिर लाग्यौ!
समय निरन्तर बित्यो ! एक ले अर्का लाइ आवस्वसन दिनु लिनु त पानि पिउनु जस्तै छ अचेल ! ५ वर्ष बित्दा पनि हाम्रो फोन कुराकानी भएन! उहाले फेसबुकमा लेख्दा मैले लाइक गर्थे मैले केहि लेख्दा उहाले लाइक गर्नुहुन्थ्यो ! कहिले काही फोटो परिबर्तन गर्दा साथि उस्तै रहेछ ठिकै रहेछ भन्दै सोचेर चित्त बुझाइन्थ्यो ! आफ्ना व्यक्तिगत इच्छा आकंछाको पछि दौडदा कसैलाई कसिले सम्झने फुर्सद नै भएन ! आकस्मिक हाम्रो फेरि भेट भयो !
फेसबुकमा काठमाण्डौ को यात्रा लेखेको त देखेको थिए ! अचेल कति कमरेड आउछन, कति जान्छन अरुले खोज तलाश राखे पो मैले राख्नु ! फेरि हात मिलायौ ! हामीले मिलाउने हात पहिले भन्दा निकै नरम, दम बिनाका थिए ! हाम्रो जनयुद्द को के नै बचेको थियो र ! अब त पार्टी कहाँ देखि कहाँ पुगिसकेपछि त्यसको केहि कुरै गरिएन ! कमरेड (चिर्को) निकै निराश पहिले भन्दा निकै फरकमा देखे ! हामि यसपाली मेरो कोठामै गएर कुरा गर्ने जमर्को गर्यौ ! मेरा जिन्दगीका आरोह अबरोह पनि धेरै थिए ! साथि संगी संग लह लहैमा लाग्दा गुमाउनु परेको धन, तन र मन पिडा सुनाउनु थियो ! कोठामा पुग्दा खान पाकी सकेको रहेछ ! जाने बित्तिकै तितो-मिठो जे थियो खायौ !
खाने भन्दा हामीलाई कुरा गर्न हतार थियो ! झन् मलाइ कमरेड चिर्को निराशा जान्न आतुर थियो ! उनीले हात (चुट्न) धुन के पाका थिए मैले सोधिहाले ! के भयो कमरेड, के छ हालखबर ? कमरेड (चिर्को) हातभरिको पानि आफ्नै शरीरको कपडाले पुछ्दै बिस्तारै बोले : “आफुले जानेको ब्यापार ब्यबसाय गरेको डुबियो” ! मैले कसरि भनेर सोधे! “विदेश कै जस्तो ब्यबस्थित गर्न खोजे! ठुलो कोठा लिए ! भित्र पुरै मार्बल लगाए सरसफाइ को लागि भित्रै पानीका धारा बनाए !बाहिरको प्रदुषण भित्र नछिरोस भनेर पुरै सिसा बन्द गरे ! भित्र चिसो-तातो तापक्रम ब्यबस्थापन गर्न ए.सी. जडान गरे ! जिउदै माछा राख्न मिल्ने पोखरी भित्रै खडा गरे !
मासु फ्रीजिंग गरेको नै खादा राम्रो हुन्छ, त्यसैले ठुला-ठुला फ्रिज किने तर पसल नै चलेन ! मान्छेले सिसाको ढोका खोल्न गारो माने त्यहाँ त ब्यबस्थित छ, त्यसैले महँगो हुन्छ होला भनेर अट्काल काटे ! कतिले फ्रिजमा राखेको बासि मासु दिन्छ भनेर सिकायत गरे! अन्तमा पसल सोचे जसरि चलेन र कसैले पसल किन्ने कुरा पनि थिएन ! सबै समान घरमा थन्काएर यसो अलि राम्रो देश तिर लाग्नु पर्यो भनेर काठमाण्डौ आको अनि तपाइँ को के कस्तो चल्दैछ सुनाउनुस” भने ! मेरो पनि त्यस्तै छ ! एकातिर सरकारी नियम अव्यवहारिक छ!
रोजगारदाता कम्पनिको तलब स्केल ,चाहाना फरक छ जान चाहाने कामदारको आकंछ्या फरक छ !अनि हाम्रो सरकारको नीति-नियम फरक छ ! सरकारले ब्यबहारिक नीति नबनाउदा बैदेशिक रोजगार ब्यबसायी र जान चाहाने कामदार दुवै मर्कामा परिरहेका छन् सरकारले रोजगार दाता कम्पनि आफै भ्रमण गरेर त्यहाको सबै अबस्था अध्यन गरेर माग पत्र प्रमाणित गर्छ फेरि त्यही सरकार ले सबै सहि छ भनि पूर्व अनि अन्तिम स्विकिर्ती दिएर कामदार कम्पनीमा पठाइञ्छ ! जब कामदार ले तलब पाउदैन, काम पाउदैन त्यो कम्पनीलाई कानुनि कारबाही गर्न हाम्रो सरकारले केहि सहयोग गर्दैन यदि कुनै कामदारको समस्या आयो भने आफै भ्रमण गरेर, आफै “तलब, काम दिनु हुन्छनि’ भनेर सोधेको कम्पनीलाई सरकार, विदेश स्थित दुताबासले उक्त कम्पनीलाई केहि भन्न सक्दैन !
सिधै मेनपावरलाइ “केटाहरुले तलब पाएन रे , तपाइँ लाइ जेल हाल्दिम कि मिलाउने भन्छ ! बिदेश जाने कोहि कामदारहरु आफुले गर्नु पर्ने काम, कर्तब्य निभाउदैनान, कम्पनिको खिलाफ मा हडताल, तोडफोड र समुह खडा गर्छन जसको कारणले घर फिर्ता भएका काम दार बारे किटानी प्रमाण नै पेश गरे पनि तपाइले उहाहरुलाई क्षतिपूर्ति दिन पर्छ नत्र तपाइको धरौटिबाट काट्ने कानुन छ सरकार ले यसो भन्छ ब्यबसायको कुनै सुरक्षा छैन ! यसलाई ब्यबस्थित गर्ने भन्दा पनि आर्थीक चल खेलको लागि अव्यवहारिक नीति लाद्ने गरिएको छ ! मैले आफ्ना यस्तै यस्तै कुरा राखे !
हामि दुबैको कथा एकै थियो ! व्यथा पनि एकै ! हामि मात्र होइन सामाज नै अब्यब्स्थिताताको शिकार भैरहेको छ ! हाम्रा कुनै पार्टिले पनि जनताको बात्स्ताबिक परिबर्तन को कुनै कार्यक्रम नै ल्याएका छैनन ! हामि फेरि पुरानो परिपाटि सस्कार मा फर्किएका छौ ! उही गरिब गरिब हुदै जाने धनि धनि हुदै जाने आर्थीक प्रणालीमै छौ ! परनिर्भरताको सिकार बन्दै आर्जेको धनले समय अनुरुप लाउदैमा खादैमा हाम्रो आर्थीक समस्याको दिर्घकालिन हल कसरि होला ? सबै कुरा सरकारको पहुचमा भन्दा शक्तिको पहुचमा छन् !
खाने मासु,साग सब्जी तयारि नास्ताहरु धुलाम्मे सडकमा फिजाएर बेचिन्छ त्यही हाम्रो सामाजको लागि ताजा मानिन्छ ! स्वास्थ्य संग प्रत्यक्ष सम्वन्ध राख्ने खाद्यान्न बस्तुहरु कहिले निर्माण भएको हो , कुन तत्व पाइन्छ त्यसको म्याद कहिले सम्म छ कुनै संकेत छैन बीच बाटोमै लतारेर मासु बेचिन्छ र हाम्रो समाज ले त्यही नै मन पराउछ हाम्रा नियम कानुन नेता राजनीति त्यसमै रमाउछन ! राज्य संग कुनै पनि क्षेत्रमा ब्यबहारिक नीति छैन! फटाह लाइ चैन सोझालाई ऐन अहिले यथाबत छ ! काम गर्ने लाइ भन्दा अल्छी र बोल्नेलाई प्रोत्सहान गरिन्छ ! यो मात्रै होइन सामाजका, सस्कारका, व्यवसायका आधारभूत कुरामा ध्यान दीएन भने हामीले उत्पादन गर्ने नया पुस्ता झन् शिप क्षमता र ब्यबहार बिनाको लंगडो बन्ने छ १ हामि यति गर्दा त देश भित्र टिक्न मुस्किल छ !
के जनयुद्द केवल सिमित व्यक्ति परिवार र समुहको धन्युद्द सफल पार्न थियो नत्र किन यसको औपचारिक अन्त्योस्टि गरियो ? यस्तै रहेछ न त हाम्रो जनयुद्द सुरु भयो न त धनयुद्द नै ! तर केहि लाइ पुग्दैमा समस्या समाधान हुने छैन ! सहि बिधि, नीति-नियम, काम, कर्तब्य र अधिकारको सहि तरवरले लागु नगर्दा सम्म तपाइँ हामि यस्तै हो ! यसरि नै निराश बन्दै जाने हो भन्ने निस्कर्स निकाल्यौ ! रातको १ बजिसकेको थियो भाडाको बसाइ सुत्ने ठाउ, ओड्ने ओछ्याउनेलाइ दुख-सुख गर्दै सुतेको बहाना गर्यौ मनभरि कुरा खेलाउदा निद्रा के लाग्थ्यो र यत्तिकैमा बिहानीले संकेत गर्यो ! मर्मिरेमै कमरेड ( चिर्को ) लाइ कहिँ कतै जानु पर्ने रहेछ ! फेरि भेट्ने बाचा गर्दै बिदाइका हात मिलाउदै उनि आफ्नो गन्तब्य तिर लागे ! म पनि बिहानी हिड डुलमा निस्के !!
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।