ब्लड प्रेशर कम गर्ने मिठो फल के हो त यो



ब्लड प्रेशर आधुनिक जीवनशैलीको बीमारीका रुपमा लिइन्छ । यसलाई ‘साइलेन्ट किलर’ भन्ने गरिन्छ । मुटुको धमनीहरूमा प्रेशर बढ्ने बेला अर्गन सप्लाई गर्नका लागि ज्यादा प्रेशर लगाउनु पर्छ । यसलाई नै हाई ब्लड प्रेशर भन्ने गरिन्छ । टाउको दुख्नु, चक्कर आउनु र धड्कन बढ्ने जस्ता यसका प्रमुख लक्षण हुन् ।

हाई ब्लड प्रेशर एक गम्भीर समस्या मानिन्छ । हाई ब्लड प्रेशरबाट पीडित व्यक्तिले आफ्नो बीपी कन्ट्रोल राख्न अत्यन्तै जरुरी छ । यदि बीपी कन्ट्रोल गर्न सकिएन भने शरीरका अंगहरूलाई नोक्सान पुग्छ ।

हाई ब्लड प्रेशर भयो भने हार्ट अटैक, किडनीमा खराबी जस्ता समस्या हुने संभावना बढ्ने गर्छ । खानपान, गलत आदत, मानसिक तनाव र ठीकसँग निद्रा नलाग्नु यसको मुख्य कारण मानिन्छ ।

यी समस्याबाट धेरै तनाव लिन जुरुरी छन । किन कि खजूरको मद्दतले ब्लड प्रेशर कंट्रोल सकिन्छ । खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ ।

यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । खजूरको भिटामिन बी १, बी २, बी ३, बी ५, ए १ र भिटामिन सी पनि पाइन्छ । खजूरमा पोटैशियम भरपूर पाइनुका साथै सोडियमबाट मुक्त हुन्छ । खजूरलाई ड्राई फ्रूटको श्रेणीमा राख्ने गरिन्छ ।

प्रत्येक दिन बिहान नाश्ताका बेला तीन वटा दाना खजूर खादा राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा उपयुक्त हुन्छ ।

यो उपायलाई लगातार एक महिना निरन्तर गर्नुपर्छ । खजूरलाई बिहान नाश्तासँग सधै पनि खान सकिन्छ । तर, ब्लड प्रेशर हुने व्यक्तिले आफ्नो खानपानलाई सधै ध्यान दिनुपर्छ ।

ब्लड प्रेस हुने व्यक्तिले एक्सरसाइज नियमित गर्नुपर्छ । हाई ब्लड प्रेशर हुने व्यक्तिले डाक्टरद्वारा तोकिएको औषधि पनि नियमित रूप सेवन गर्नुपर्छ । खजूर खाएर ब्लड प्रेशर कम भएको छ भने त्यसको जानकारी चिकित्सकलाई दिनुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्