दाङ,२४ भदौ । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत दाङमा उपस्थित गराईने भएको छ ।प्रकान्डलाई बिहान १० बजे दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख कृष्णहरी शर्माले जानकारी दिनुभयो ।
दाङको तुलसीपुरमा प्रतिनिधी र प्रदेशसभा निर्वाचनको बेलामा म्यादी प्रहरी हत्याको अभियोगमा मुद्दा चलाउन उनलाई दाङ ल्याएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।यस अघि उनलाई ८ अदालतमा उपस्थित गराईसकेको र अरु अति अदालतमा जानुपर्ने वारे प्रश्न गर्दै सरकारको व्यवहारको आलोचना गरे ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।