२६ वर्षका चर्चित र्‍यापरले गरे आत्महत्या, कारण यस्तो



चर्चित अमेरिकी र्‍यापर म्याक मिलर क्यालिफोर्नियास्थित लस एन्जिल्स नजिकै आफ्नो घरमा मृत भेटिएका छन् ।अन्तराष्ट्रिय मिडियाका अनुसार २६ वर्षे म्याकको मृत्यु ड्रग ओभरडोजका कारण भएको बताइएको छ । हालै उनको एक एल्बम रिलिज भएको थियो र यसका लागि उनी टूर पनि थिए ।

यस वर्षको सुरुवातमा मिलरकी प्रेमिका एवं गायिका अरियाना ग्रान्देसँग ब्रेकअप भएको थियो ।म्याक र अरियानाको भेट सन् २०१२ मा भएको थियो । दुबैले एक कन्सर्टमा सँगै गीत पनि गाएका थिए ।गत मे मा मिलरविरुद्ध मुद्धा पनि दर्ता भएको थियो ।

उनीमाथि लागुऔषधको नशामा गाडी चलाएको र हिट एण्ड रनको आरोप थियो । मिलरले आफ्नो करियरको सुरुवात निकै चाँडै गरेका थिए । पेन्सिल्वेनियामा जन्मेका मिलरको बाल्यकालदेखि नै संगीतप्रति झुकाव थियो । उनले १५ वर्षको उमेरमा आफ्नो पहिलो र्‍याप बनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्