विरोध प्रदर्शनमा संलग्न ७५ जनालाई मृत्युदण्डको सजाय



सैघाली खबर, २४ भदौ ।

इजिप्टको एउटा अदालतले हत्या तथा गैरकानुनी प्रदर्शन गरेको भन्दै ७५ जनालाई मृत्युदण्डको सजाय दिएको पुष्टि भएको छ ।

४७ जनालाई आजीवन काराबासको सजाय हुने भएको छ । सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरिएपछि मुस्लिम ब्रदरहुडले विरोध प्रदर्शन गर्ने क्रममा हिंसा भड्काएको, तथा हत्या र गैरकानुनी प्रदर्शनको आयोजना जस्ता सुरक्षासम्बन्धी अपराध गरेको आरोपमा सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

गएको जुलाईमा सुनाइएको फैसला अनुसार शनिबार उनीहरुलाई मृत्युदण्ड दिइएको पुष्टि भएको हो । अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले भने सुनुवाइलाई, पूर्ण रुपमा असमान तथा इजिप्टको संविधानको उल्लंघन भनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्