प्राज्ञिकले गर्यो वृक्षारोपण र तिज मिलन कार्यक्रम



रोम थापा मगर
सैघाली खबर, २४ भदौ
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर समिती र प्रेरणा समाज नेपालको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम दाङको कुहिरेपानीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा अम्बा, अमला, असोक, निम लगाएतका करिब एक सय विरुवा रोपिएको थियो ।

प्रेरणा समाज नेपाल दाङका अध्यक्ष श्रीधर कुमार लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी परिषद्का राप्ती विभाग संगठन सचिब विष्णु पंगेनि र श्रीधर कुमार लम्साले आफ्नो मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यार्थी परिषद्को घोराही नगरका जिल्ला सह–संयोजक निरञ्जन पाठकले गर्नुभएको थियो ।

त्यस्तै विद्यार्थी परिषद्को आयोजनामा दाङ घोराहीको शान्ति सुधा मा।विमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । परिषद्को घोराही नगरका अध्यक्ष किरण न्यौपानेको अध्यक्षता एवम् दाङ उद्योग बाणिज्य संघका सचिब माया पोख्रेल तथा बी।बी।सीको राप्ती संम्वाददाता बसुन्धरा गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्रिय संगठन सचिब विष्णु पंगेनिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले ‘कला र संस्कृतिको संरक्षणमा विद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहने भएकाले, मौलिक कला र संस्कृतिको बारेमा विद्यार्थीहरुलाई जानकारी दिनुपर्ने कुरा जोड दिएका थिए ।’ कार्यक्रमको सहजीकरण नगर छात्रा प्रमुख हिमान्सु योगीले गर्नुभएको थियो भने कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्