सैघाली खबर, भदौ ।
टच ईन्टरटेनमेन एण्ड स्पर्श फिल्मस्द्धारा आयोजित मिस एभियसन क्विन २०१८ को अडिसन राउण्ड सम्पन्न भएको छ । प्रतियोगिताकोलागि २५ जनाले सहभागिता जनाएका थिए । उक्त अडिसन राउण्डमा सहभागि सबै प्रतिसपर्धीहरुले आ–आफ्नो प्रतिभा पनि प्रस्तुत गरेका थिए । अडिसनमा भाग लिनको लागि १८ देखि २४ बर्ष उमेर तोकिएको थियो ।
यस प्रतियोगितामा जजको जिम्मेवारी साहरा एयरलाईन्सका सिईओ आलोक भट्टराई, बुद्ध एयरलाईन्सका मार्केटिङ म्यानेजर विनिता थापा, नेपाल एयरलाईन्सका क्याविन कु्र दामयन्ती किरात, पूजा सिलवाल, हास्य कलाकार गोपाल ढकाल छन्दे र डिजे शिशिरले लिनुभएको छ ।
यस प्रतियोगिताबाट छानिएका उत्कृष्ट मध्य वानेश्वर स्थित कम्पिलिट हेल्थ कल्व मा यहि अन्तिम सातादेखि टे«निङ सुरु हुनेछ । ट्रेनिङमा उत्कृष्ट एक जनार्ला नगद सहित एयरहोस्टेज टे«निङ सहित नेपालको ख्याति प्राप्त एयरलाईन्समा जागिरको व्यवस्था गरिने छ ।
उक्त टे«निङ कार्यक्रममा नायक तथा कोरियोग्राफर यशराज गहतराज लगाएत बिभिन्न बिशिष्ट व्यक्ति तथा कलाकारहरुले दिने प्रवन्ध निर्देशक बिजय शाह र संयोजक जोर्डनराज भण्डारीले जानकारी दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।