अहिलेको सरकारले ठुलो मुल्य चुकाउनु पर्छ – ‘प्रकाण्ड’



रोशनमान श्रेष्ठ, दाङ ।
नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

दाङमा म्यादी प्रहरी विनोद चौधरीको बम विस्फोट गरि हत्या गराएको आरोपमा भोजपुरवाट दाङ ल्याईएका विश्वकर्मालाई आज दाङ देउखुरी जिल्ला अदालतले यस्तो अनुमति दिएको हो ।

अदालतको निर्णय पछि संचारकर्मिहरु संग कुरा गर्दै प्रवक्ता विश्वकर्माले एउटा अदालतले छोडिसक्दा समेत पटक पटक राजनितिक पुर्वाग्रहका कारण दुख दिने सरकारको नियत भएको वताउनु भएको छ ।

सरकारले झुट्टा मुद्दाको खेती गरिरहेको र यसको मुल्य एक दिन चुकाउनु पर्ने चेतावनी दिनु भयो ।

दाङ देउखुरी जिल्ला अदालतले पक्राउ गरेको मिति देखि ८ दिन अनुसन्धानको समय दिएको छ । २० गते भोजपुरवाट पक्राउ गरि दाङ ल्याउदाँ ५ दिन सकिएको र अवको ३ दिनमा यथेष्ठ प्रमाण सहित विश्वकर्मालाई अदालतमा उपस्थित गराउन अदालतले भनेको छ । प्रहरीले थप १० दिन समय मागेको थियो ।

नेपाली कांग्रेसको चुनावीसभालाई लक्षित गरी मंसिर १२ गते दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निवासी २३ वर्षका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएपछि विश्कर्मा विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्