दाङमा १ अर्ब ४८ करोड बजेट फ्रीज



जनक नेपाली

दाङ ४ साउन ।  जिल्लामा आर्थिक बर्ष २००७४ मा १ अर्ब ४८ करोड ७२ लाख ९४ हजार ३ सय रुपैयाँ बजेट फ्रीज भएको छ । कुल बजेटको १० प्रतिशत बजेट फ्रीज भएको कोष तथा लेखा नियन्त्रणको कार्यालय दाङले जनाएको छ ।
आर्थिक बर्ष २००७४ का लागि जिल्लामा कुल १४ अर्ब ५१ करोड २ लाख ३२ हजार ९ सय ५१ रुपैयाँ विनियोजन भएको थियो । दाङका विभिन्न विकास निर्माणका योजना सम्पन्न गर्नका लागि १३ अर्ब २ करोड ५५ लाख ३८ हजार ५ सय रुपैयाँमा खर्च भएको कार्यालयले जनाएको छ ।
जिल्लामा समयमै विकास निर्माणका सम्पन्न नहुँदा बर्षेनी १ देखि २ अर्ब रुपैयाँ बजेट फ्रीज हुने गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका प्रमुख सुकदेवप्रसाद बास्कोटाले जानकारी दिनुभयो । प्रगतिका हिसावले हेर्ने हो भने अन्य क्षेत्रमा तुलनामा ८९.८० प्रतिशत विकास बजेट खर्च हुन निकै राम्रो हो बास्कोटाले बताउनुभयो ।
बर्षैनी बजेट फ्रीज हुदै जादाँ जिल्लाको विकास निर्माणमा प्रत्यक्ष असर पुगेको बास्कोटाको भनाई छ । आर्थिक वर्ष ०७४ मा चालुगत तर्फ ६ अर्ब ४१ करोड ४३ लाख १८ हजार ९ सय ९९ रुपैयाँमध्ये ५ अर्ब ८१ करोड ३ लाख २७ हजार रुपैयाँ अर्थात् ९०.६० प्रतिशत रकम खर्च भएको उहाँको भनाई छ ।
त्यस्तै पुँजीगततर्फ ८ अर्ब ९ करोड ९४ लाख १४ हजार रुपैयाँमध्ये ७ अर्ब २१ करोड ५२ लाख ११ हजार अर्थात् ८९ प्रतिशत रकम खर्च भएको उहाँको भनाई छ । चालु आर्थिक वर्ष ०७४ मा सडक डिभिजन कार्यालयको दाङले सबैभन्दा बढी रकम फ्रीज गरेको छ ।
कार्यालयले कुल विनियोजित बजेटमध्ये ४१ करोड रुपैयाँ बजेट फ्रीज गरेको कोष तथा लेखा दाङमा १ अर्ब ४८ करोड बजेट फ्रीज नियन्त्रण कार्यालयले जनाएको हो । जिल्ला समन्वय समिति दाङको चालुगत तथा पुँजीगततर्फ गरी १ अर्ब ३७ करोड ७३ लाख ११ हजार ५ सयमध्ये २२ करोड रुपैयाँ फ्रीज गरेको छ । विकास निर्माणका काम गर्दा ढिलासुस्ती हुने भएका कारण जिल्लामा धेरै रकम फ्रीज हुने गरेको कार्यालय प्रमुख बास्कोटाले बताउनुभयो । ‘निर्माण कम्पनी र उपभोक्ता समितिले योजना सम्झौता गर्दा ढिलासुस्ती गर्ने भएका कारण समस्या देखिएको हो’ उहाँले भन्नुभयो ।
यस वर्ष सबैभन्दा बढी मध्यपहाडी लोकमार्गले रकम खर्च गरेको छ । कुल २ अर्ब ९८ करोड ५० लाखमध्ये २ अर्ब ९८ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक बर्षको अन्त्यमा मात्र सबै विकास निर्माणका काम फच्र्यौट गर्ने भएका कारण दैनिक १५ देखि २२ लाखसम्मको दैनिक भुक्तानी निकासा हुने गरेको बास्कोटाले जानकारी दिनुभयो ।
बास्कोटा अनुसार जिल्लामा गत वर्ष जिल्लामा ९१ प्रतिशत वजेट खर्च भएता पनि यस वर्ष ८९ प्रतिशत वजेट मात्रै खर्च गर्न सकिएको उहाँले वताउनुभयो । गत वर्षको तुलनामा २ प्रतिशत रकम यस वर्ष कम खर्च भएको वताएको छ । गत वर्ष ८ अर्व ७५ करोड ३५ लाख ५२ हजार ७ सय ९४ रुपैयामध्ये ७ अर्ब ९५ करोड ९३ लाख ७ सय ६३ रुपैयाँ खर्च भएको थियो भने ७९ करोड ४२ लाख ५२ हजार ३६ रुपैयाँ मात्रै फ्रीज भएको थियो । तर यस वर्ष भने १ अर्ब ४८ करोड ७२ लाख ९४ हजार ३ सय ७२ रुपैयाँ फ्रीज भएको बास्कोटाले बताउनुभयो ।
जिल्लामा बार्षिक रुपमा मोटो रकम बजेट फ्रीज हुने गरेको बताउँदै बजेट फ्रीज हुन नदिन विकास निर्माणका काम समयमै सम्पन्न गर्नुपर्ने बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्