कथा काठमाडौंको टोली २६ गते दाङमा, तीज महोत्सव र पुल पार्टीमा विशेष प्रस्तुती हुने



दाङ भाद्र २४ ।
युट्यूवमा गीत एवं ट्रेलर भाइरल भएको वहुप्रतिक्षित चलचित्र कथा काठमाडौंको टोली भदौ २६ गते दाङमा आउने भएको छ । प्रियङ्का कार्कीको हटसिनका कारण पछिल्लो समयमा सामाजिक सञ्जालमा भाइरल भएको चलचित्र कथा काठमाडौंको टोली विशेष कार्यक्रमका लागि भाद्र २६ गते दाङ आउन लागि रहेको हो ।

देशका केही शहरहरुमा चलचित्रको प्रमोशनका लागि कार्यक्रम गरिरहेको कथा काठमाडौंको टोलीले दाङलाई पनि आफ्नो गन्तव्य बनाएको छ । प्रियङ्का कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज, सन्ध्या केसी र र्यापर बुलेट प्रुप पनि आउँने कार्यक्रम रहेको छ ।  लगायतका कलाकारहरुको अभिनय रहेको कथाकाठमाडौंमा हरिवंश आचार्य, सुगम पोख्रेल, इन्दिरा जोशी सुरज बिक्रम थापालगायतको स्वरमा गीतहरु रहेका छन् । सञ्चारकर्मी संगीता श्रेष्ठको निर्देशन रहेको उक्त चलचित्रको निर्माता बिजय राई हुनुहुन्छ ।

दाङको घोराहीमा भाद्रा २६ गते पत्रकार सम्मेलन हुनेछ । त्यसपछि घोराहीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको तीज महोत्सवमा, २६ गते घोराहीको भिङ्ग्रेली भिलेजमा आयोजना गरिएको पुल पार्टी कार्यक्रममा कथा काठमाडौंको टोलीको विशेष प्रस्तुती हुनेछ ।

सविन प्रियासन र यादव सैघालीको विशेष सक्रियतामा कथा काठमाडौंको टोली दाङ आउ लागि रहेको हो । पूर्वको झापा, दमक, धरान, इटहरीमा भव्य कार्यक्रमको आयोजना गरेर काठमाडौं पुगेको फिलिमको टोली त्यहाँबाट दाङका लागि सोमबार हिँड्नेछ । असोज १२ गते अल नेपाल रिलिजको तयारीमा रहेको कथा काठमाडौंको टोली असोज १ गतेबाट काठमाडौं केन्द्रीत प्रचार अभियान जुट्ने निर्माता बिजय राइले जानकारी दिनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्