प्रकाण्डलार्इ थुनामा राख्न आठ दिनको म्याद थप



भदौ २४ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्ड माथी थप अनुसन्धानका लागि र सरकारी वकिल कार्यालय मार्फत आईतबार दाङ देउखुरी जिल्ला अदालतमा आठ दिनको म्याद थप गरेको छ ।

भोजपुरबाट दाङ ल्याईएका प्रकाण्ड अनुसन्धनका लागि पहिलो पटक आठ दिने म्याद अदालतबाट थप गरिएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिनुभएको छ ।

 

????????????????????????????????????

निकै कडा सुरक्षाका साथ जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद थप गरिएको हो । गएको प्रतिनिधी र प्रदेशसभा निर्बाचनका क्रममा तुलसीपुरमा बम विष्फोट गराएको अभियोगमा प्रकाण्डलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाली कांग्रेसका सभापती सेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न दाङ आउदा तुलसीपुर बजारमा बम बिष्फोट हुदा एक जना म्यादी प्रहरीको मृत्युभएको थियो । उक्त घटनामा बिप्लव नेतृत्व नेकपाको संलग्नता रहेको भन्दै प्रहरीले प्रकाण्डालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्