राप्ती ववई क्यााम्पसको जग्गा दर्ता गराउँछु मेयर पाण्डे



सैघाली खबर
दाङ, ४ साउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्यामा पाण्डेले राप्ती बबई बहुमुखी क्याम्पसको जग्गा दर्ता गराउने वताउनु भएको छ । क्याम्पसले आज आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै मेयर पाण्डेले आफ्नो कार्यकालमा भुमीहीनका रुपमा रहेको क्याम्पसका नाममा जग्गा दार्ता गराउन पहल गर्ने वताउनु भएको हो ।

पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले भू–उपयोग नीति बनाउन लागेको र त्यसमा टेकेर क्याम्पसको नाममा जग्गा दर्ता गराएरै छाड्ने बताउनु भयो । राप्तीको एकमात्र सामुदायीक क्याम्पसको भौतिक संरचनामा सम्पन्न भएपनि भुमी विहिन रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने थलोका रुपमा विकास हुन थालेको प्रति चिन्ता ब्यक्त गर्दै अव शैक्षिक संस्थालाई अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाले तुलसीपुरलाई नमुना बनाउने उद्देश्य पूरा गर्न यहाँका सबै सैक्षिक संस्थाहरुपनि नमुना हुनुपर्ने र त्यसकालागि दीर्घकालीन कार्ययोजना बनाएर आजै देखि लाग्नु पर्ने बताउनु भयो ।

क्याम्पस प्रमुख लक्ष्मण कुमार रेग्मीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विरबहादुर रावत विरुले क्याम्पसको विकासका लागि सधै सहकार्य गर्न तयार रहेको बताउनु भएको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोपीनाथ योगीले क्याम्पसका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा तुलसीपुरका प्रमुख पाण्डे, उपप्रमुख माया आचार्य, उद्योग बाणिज्य संघका अध्यक्ष रावत सहित विभिन्न पदमा विजयी हासिल गरेका क्याम्पसका पूर्व विद्यार्थीहरुलाई स्वागत सम्मान गरिएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्