स्थानिय तह संचार मैत्री वन्नुपर्नेमा जोड



सैघाली खबर
दाङ, श्रावण ४ । स्थानिय तह संचार मैत्री वन्न सके नागरिकले प्रभावकारी सेवा लिन सक्ने आज तुलसीपुरमा आयोजीत एक कार्यक्रममा वोल्ने वक्ताहरुले बताएका छन् । रेडियो तुलसीपुरको आयोजनामा भएको विकासका लागि सञ्चार स्थानिय विकास तथा सुशासनमा रेडियोको भूमिका र दिगोपना निषयक अन्तरत्र्रिmयामा वोल्ने वक्ताहरुले आफुले पाउने सेवा र सुविधाका वारेमा सजिलै गरि घर सम्म जानकारी लिने एक माध्यम सञ्चार भएको बताएका हुन् ।

त्यसका लागि स्थानिय तह सञ्चार मैत्री हुनुपर्नेमा जोड दिदै सहभागीहरुले स्थानिय तह सञ्चार मैत्री नभएमा नागरिकलाई सेवा लिन असहिज हुने बताएका थिए । कार्यक्रममा दलित अधिकारकर्मी निर्मल नेपाली, जोगेन्द्र विश्वकर्मा, जनजागरण पार्टीका टोप वहादुर महतरा, पोषणराज शर्मा, शिक्षक डम्वर गौतम, गोमा वली, केशर वहादुर वस्नेत, उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष देव वहादुर केसी, मानव अधिकार तथा शान्ति समाज दाङका कोषाध्यक्ष निर्मला योगी, पत्रकारहरु नारायणी रजौरे, गोकर्ण पौडेल, शरद रेग्मी, गोपाल शर्मा भट्राई, निरला अर्याल गैरे, लगायतले सञ्चार मैत्री स्थानिय तह हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले सञ्चार मैत्री स्थानिय तह बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानिय तहबाट प्रबाह गरिने सेवा सुबिधा र अबसरलाई नागरिकको घरदैलोमा सहज रुपमा पुग्ने वातावरण बनाईने बताउनुभयो ।

त्यसैगरि शान्तिनगरगाँउपालिका अध्यक्ष कमानसिहं डाँगी, वडा अध्यक्ष रवि वुढाथोकी, तुलसीपुर ५ का सदस्य सुरेश श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुले विकास निर्माण र बिपन्न वर्गलाई माथि उठाई आर्थिक सम्वृद्धि गर्न सञ्चार माध्यमको अहम भूमिका हुने वताउनुभयो । कार्यक्रममा ईक्वएल एक्सेसका विनय गुरागाँईले रेडियोहरुको अन्तराष्र्टि«य मापदण्डका वारेमा प्रस्तुतीकरण राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरीले गर्नुभएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्