विद्यानिलकण्ठ माविमा स्वागत तथा तीज विशेष कार्यक्रम



सैघाली खबर २५ भाद्र ।
विद्यानिलकण्ठ माध्यामिक विद्यालयमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा कक्षा ११ मा भर्ना भएका सम्पुर्ण विद्यार्थीलाई टिका लगाइ दिएर स्वागत गरिएको हो ।

विद्यार्थी बसन्ता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यानिलकण्ठ माध्यामिक विद्यालयका प्रध्यानाध्यापक गणेश के सिले अनुशासन र अध्ययन बाट नै शिक्षा प्राप्त हुने भएकाले अबको शिक्षालाई दीर्घकालीन बनाउन शिक्षक विद्यार्थीको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । साथै हिन्दु नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा बोल्दै के सिले तीजलाई भव्य र सव्य तरिकाले मनाऔँ , आफ्नो स्तर अनुसार पर्वलाई विदा गरौ भन्दै सम्पुर्णमा तीजको शुभकामना दिनुभएको थियो ।


कक्षा १२ का विद्यार्थी रोम थापा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षक तथा विद्यार्थीको सहभागीता थियो ।

कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका थिए । विद्यानिलकण्ठ माध्यामिक विद्यालयका प्रध्यानाध्यापक गणेश के सिको प्रमुख आतिथ्यता एवम विद्यानिलकण्ठ माध्यामिक विद्यालयका प्रबन्ध निर्देशक शरद कुमार शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण विद्यार्थीहरु शुसिला चौधरी र बिवेक बुढा मगरले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्