द्वन्द्व पिडितहरुको उपचार,कर्मचारी मात्रै लाई रोजगार’



गिरिराज नेपाली
दाङ ३ ,साउन । सरकारले गत फागुन ८ गते देखी दाङमा सुरु गरेको द्वन्द्व पिडितहरुका लागि निशुल्क उपचार सेवा खासै प्रभावकारी वन्न सकेन । द्वन्द्वका क्रममा घाईते ÷अपाङ भई वसेका द्वन्द्व पिडितहरु लाई निशुल्क उपचार सेवा प्रदान गरी आर्थिक विकासमा आत्मनिर्भर वनाउने उद्देश्यले सरकारले संञ्चालन गरेको निशुल्क उपचार सेवाले पिडितहरु खाँसै सन्तोष जनक उपचार सेवा पाउन पिडितहरुले पाउन नसकेको गुनासो छ ।

राप्तीका ५ जिल्लाका द्वन्द्व पिडितहरुका लागि सरकारले दाङको राप्ती उप–क्षेत्रिय अस्पताल लाई उपचार सेवा दिलाउने सहमति कायम गरी सेवा सुरु गरे पनि द्वन्द्वग्रस्त जिल्लाका पिडितहरुले उक्त सेवा पाउन सकेनन । ५ महिना भित्रै राप्तीका ५ वटै जिल्लाका स्वास्थ्य शिविर संञ्चालन गरी सानमान्य चेकजाँच गरी रोग पहिचान गर्ने गरे सेवा सुरु गरे पनि रुकुम , सल्यान र प्युठानका पिडितहरुले शिविर संञ्चालन हुन सकेको छैन । उपचारका लागि १ करोड ४६ लाख , ४८ हजार , २ सय २५ रुपैया रकम विनियोजन गरेको थियो । जसमा ३९ लाख , ९९ हजार , ३ सय खर्च भईसकेको छ । जसमा १ जना कार्यक्रम संयोजक , १ जना सिनियर नर्स , ६ जना स्टाप नर्स र ४ जना कार्यलय सहयोगीको तलव भत्तामा १९ लाख , ५० हजार र कार्यालय व्यावस्थापनमा करिव ५ लाख रुपैया गरी २४ लाख ५० हजार रुपैयामा आन्तरिक रुपमै खर्च भई सकेको छ । पिडितहरुको उपचारमा करिव साढे १५ लाख रुपैया मात्रै खर्च गरिएको अस्पताल स्रोतले जनाएको छ । यसरी हेर्दा पिडितहरुको उपचारमा भन्दा कर्मचारीको तलवभत्तामा रकम वढि खर्च भएको देखिन्छ ।

यता पिडितहरुले राज्यले पिडितहरुको उपचारका लागि करडौ रुपैया खर्च गरे पनि आफुहरुले उपचारका लागि एउटा सिटामोल समेत नपाएको गुनासो गरेका छन । घोराही उप–महानगरपालिका १७ का द्वन्द्व पिडित याम प्रसाद वेल्वासे गुनासो पोखे । राज्यले पिडितहरु लाई आत्म सन्ुतष्ट्रीका लागि निशुल्क उपचार सेवा दिए । घाँउ लाई निको भन्दा उपचार सेवाले अझै कोट्याई दिएको छ । गोलीका छर्राले मुटु पिरो वनाउने गरी दुखाई दिन्छ । तर डाक्टर सापले केही असर गर्दैन । भन्दै सादा एक्सरेमै सिमित पारी छर्राले केही असर गर्दैन भन्दै फर्काई दिनुभयो । निशुल्क उपचार भए पनि केही राहात पाईएन्न , उपचार उपचारका नाममा मात्रै सिमित रहेछ । उनले भने ‘छामछुप भयो , सिटमोल समेत नदिईं फर्काउनु प¥यो । ’ सरकारले घाईते उपचार गरी अव सपाङ्ग वनाउछ की भने थियो । त्यो पिडितहरुको आखाँमा छारो छर्ने मात्रै भयो । उपचारका लागि अस्पतालले १२ जना कर्मचारी व्यावस्थापन ग¥यौ । तर १२ जनाले पनि राम्रो उपचार सेवा पाएनौ भन्दै वेल्वासेले दुखेसो पोखे । तर यता राप्ती उप–क्षेत्रिय अस्पतालका निमित्त मेडिकल सुपरी टेण्डेन डा. जर्नाधन पन्थीले पिडितहरुको उपचारका लागि आएको उपचार खर्च पिडितहरुका लागि खर्च गर्न नसकिएको स्वीकार गरेका छन । राज्यले दिने सेवा निकै ढिलो भएकाले उपचारका लागि जति खर्च गर्नुपर्ने थियो ।  तर करिव १४ लाख रुपैया मात्रै पिडितहरुको उपचारमा खर्च भएको उनले वताए । उनले भने ‘ कृत्रिम हात –खुट्टा ५ जना र वैशाखी ५ जना लाई वितरण डा. पन्थीले जानकारी दिए ।

उनका अनुुसार रोल्पामा ६ र दाङमा ४० जना गरी ४६ जना लाई उपचार सेवा दिएको जानकारी दिए । तर राज्यले दिने उपचार सेवा समयमा दिन नसक्दा उपचार पिडित मैत्री वन्न नसकेको उनले वताए । लामो समयको अन्तरलमा राज्यले पिडितहरुको उपचार सेवा दियो छ । तर अधिकाश पिडितहरुले यस अगावै नै उपचार गरेकाले दाङ र रोल्पामा खाँसै सेवाग्राही नआएको उनले वताए । ५ जिल्ला लाई पुग्ने गरी कर्मचारीको व्यावस्थापन गरेकाले उनीहरुको तलव सुविधामा मोटो रकम खर्च हुन गएको हो । कर्मचारी अभाव भएन । तर सेवाग्राहीहरु सोचेको जति आउन सकेनन । डा. पन्थीले भने स्थानिय शान्ती समिति दाङका अनुसार दाङमा मात्रै ३ सय ७ जना घाईते –अपाङहरु हेको स्थानिय शान्ती समिति दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्