नागरिकता बनाउन गएकी वृद्धा जिल्ला प्रशासन कार्यालयबाटै बेपत्ता



शैलेन्द्र महतो,धनुषा – नागरिकता बनाउन गएकी एक वृद्धा जिल्ला प्रशासन कार्यालय धनुषाबाटै हराएकी छन् ।

धनुषाको सबैला नगरपालिका –१२, रघुनाथपुर टोकी बस्ने ७२ वर्षकी रामसखी देवी जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट  हराएकी परिवारजनले जनाएको छ ।

नागरिकताको प्रतिलिपि बनाउन आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा गएको बेला दिउँसो १२ बजे रामसखी हराएपछि घरपरिवार खोजतलासमा लागेका छन् । आमा हराएको विषयमा प्रहरीमा समेत जानकारी गराएको रामसखीकी कान्छो छोरा जोगी मुखियाले बताउनुभयो ।

आमा जिल्ला प्रशासनबाटै हराएपछि घरपरिवार चिन्तामा डुबेका छन् ।  रामसखीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्