नेपाल आईडल २ का गोल्डेन माईक विन्नर बिक्रम बरालको यस्तो छ कहानी



सैघाली खबर, २५ भदौ ।
चितवनको भरतपुरमा जन्मिएका बिक्रम बराल नेपाल आईडल सिजन दुईका गोल्डेन माईक विन्नर हुन् । बिक्रम अव टप टुवेल सम्म सुरक्षित छन् । हाल टप ट्वान्टिदेखि टप टुवेल सम्मको सेलेक्सन भईरहेको छ । सानैदेखि गितसंगितमा रुचि भएको बताउने बिक्रम स्कुल पढ्दा देखि नै गित गाउने पुरस्कार जित्ने गर्थे । हाल उनि पोखरामा पढदै छन् ।

सानैदेखि पोखरामा बस्दै र पढ्दै आएका बिक्रमलाई चितवनमा जन्मिएपनि पोखरा जन्मथलो जस्तै लाग्छ रे । बाबा सन्तराम बराल र आमा सरस्वती बरालको पहिलो सन्तानको रुपमा जन्मिएका बिक्रमलाई गित संगित क्षेत्रमा लाग्नकोलागि परिवारको पनि निकै साथ र सहयोग छ । सन् २०११ मा पोखरामा सम्पन्न भ्वाईस अफ पोखरामा पनि भाग बिक्रमले सहभागिता जनाएका थिए । भ्वाईस अफ पोखरामा उनि तेस्रो भएका थिए ।

बिक्रम् भन्छन् मेरो स्वर सबैले मन पराउनु भएको थियो, जज र पव्लीक सबैको रोजाईमा पनि परेको थिए तर भोटिङकै कारण मैले तेस्रोमा चित्त बुझाउनु परेको थियो । उनि अगाडि थप्छन्, मेरो घरको आर्थिक अवस्था त्यति हाई छैन, जसको तीतो परिणाम मैले भ्वाईस अफ पोखरामा पाए ।

नेपाल आईडल सिजन वानमा पनि सहभागिता जनाएका उनि मेघा राउण्ड सम्म पुगेका थिए । तर त्यति बेला उनले आफ्नै व्यस्तताका कारण अघिल्ला राउण्डमा सहभागिता जनाउन सकेनन् । बिक्रम भन्छन्, नेपाल आईडल सिजन वानको अधुरो सपना अहिले पुरा गर्न लागि परेको छु ।

प्रतियोगिता जित्छु भन्नेमा कति ढुक्क हुनुहुन्छ भन्ने सैघाली खबरको प्रश्नमा बिक्रम भन्छन्, खासै आशावादी छैन । कारण सबै जना उत्तिकै ट्यालेन्ट हुनुहुन्छ, त्यसैले अहिले त्यसै भन्न सकिने अवस्था छैन । जति उपाधीको नजिक पुगिन्छ त्यति नै गा्रहो छ, सानोतीनो गल्तिले नि आउट भईन्छ ।

कुराकानिकै क्रममा बिक्रमले रमाईलो कुरा पनि जोडेका थिए । पहिला देख्दा–भेट्दा नबोल्नेहरु नेपाल आईडलमा भाग लिएर यो स्थितिसम्म आईपुग्दा सबै जना बोल्न खोज्ने उनि बताउछन् । बिक्रम भन्छन्, धेरैले चिन्नु भएको छ, म संग नजिक हुन खोज्नुहुछ धेरै खुसि लाग्छ ।

आफुले लगानी लगाएर पनि त गित गाउन÷गायक बन्न सकिन्छ नि ? किन यति धेरै प्रतिसपर्धा गरेको ? भन्ने हाम्रो प्रश्नमा बिक्रमको जवाफ छ । आफै पैसा लगानि गरेर निकालेको गितको श्रोता सिमित हुन्छन् भने यस्तो प्रतियोगिबाट आयो भने धेरैको रोजाईमा पर्न सकिन्छ ।

नेपाल आईडल सिजन दुईमा भाग लिईरहदा बिक्रमको एउटा उद्देश्य के छ भने उनि प्रतियोगिताको बिजेता हुनैपर्छ भन्ने सोचमा छैनन् । जुन राउण्डबाट आउट भएपनि राम्रो छाप छोड्ने पक्षमा उनि छन् । पोखरामा बारमा गीत गाउने बिक्रमलाई सबै प्याटनको गित गाउन मन पर्छ । नेपाल आईडल एपि वान टेलिभिजनको सिंगिङ रियालिटि शो हो । सैघाली खबर टिमको तर्फबाट प्रतियोगि बिक्रम बराललाई आगामि दिनमा सफलताको धेरै धेरै शुभकामना ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्