लेडी डनको भगवान



रामगोपाल आशुतोष

गायिका बुनु श्रेष्ठको नयाँ म्युजिक भिडियो हालै सार्वजनीक भएको छ । एकसमय निकै चर्चा कमाएकी बुनु श्रेष्ठ पुनस् साङ्गीतिक बजारमा हस्तक्षेपकारी भूमिकासहित देखापरेकी छन् ।

झिमझिम परेलीमा बोलको गीतले चर्चाको शिखरमा पुगेकी गायिका श्रेष्ठले भगवान मेरो ९प्रायश्चित० बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएकी हुन् । विश्वनाथ प्रेमको शब्दरचनामा किरण कँडेलको सङ्गीत र सङ्गीतसंयोजन रहेको उक्त गीत प्रेरणादायी कथा बोकेको कारण स्रोतादर्शकले मन पराउने गायिका श्रेष्ठको विश्वास छ ।

मानिस अनेक दुष्कर्म गर्छन् । ती दुष्कर्मको परिणाम निकै गम्भीर हुने र त्यसको प्रायश्चित समयमै गर्न सके मानिसले यो भव सागरबाट छुट्कारा मिल्ने सन्देश बोकेको यस भिडियोमा गायिका स्वयंले प्रमुख भूमिका निर्वाह गरेकी छन् ।

निकै मिहिनेतसाथ बनाइएको उक्त म्युजिक भिडियोमा गुम्बाका भन्टेले पञ्चशीलको ज्ञान प्रवचन दिइएको दृष्य क्यामेरामा प्रत्यक्ष कैद गरिएको छ ।
स्टुडियो साउन्ड मिलकै युट्युबमा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा ध्रुब श्रेष्ठ, प्रज्वल गिरी, अतीत लिम्बू, प्रकाश श्रेष्ठ, राजकुमार गिरी, अमन सापकोटा आदिको पनि भूमिका रहेको छ ।

रोशन कुमारको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो स्टुडियो साउन्ड मिलले निर्माण गरेको हो । गायिका श्रेष्ठको यसअघि लुकीचोरी ९२०५७० गीति एल्बम प्रकाशित छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्