कांग्रेसको प्रदेश नम्बर २ को भेला आज



सैघाली खबर
साउन ५ ,काठमाण्डौं

प्रमुख दल नेपाली कांग्रेसले आज विहान मधेशबाट प्रतिनिधि गर्ने सांसद तथा नेताहरुको राष्ट्रिय भेला बोलाएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारीको उपस्थितिमा दुई दम्बर प्रदेशको भेला हुन लागेको हो । भेलामा प्रदेश नम्बर २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी हुने कांग्रेसले जनाएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार आगामी असोज २ गते हुने स्थानीय तहको प्रदेश नम्बर २ को निर्वाचनलाई लक्षित गरेर चुनावी तयारी र समिक्षा गर्न भोलि राष्ट्रिय भेला बोलाएको हो । भेलामा मुख्यतयः प्रदेश नम्बर २ को निर्वाचनको लागि एक महिना अघि नै उम्मेद्वारलाई टिकट दिने तर टिकट दिँदा राम्रो मान्छेलाई दिनेबारे ठोस निर्णय लिईनेछ । यसअघि भएका स्थानीय तहको दुई चरणको निर्वाचनमा टिकट वितरणमा गम्भिर त्रुटि भएपछि चुनावमा सोचेजस्तो परिणाम आउन नसकेको गुनासो पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरुबाटै भएको थियो । त्यसैले २ नम्बर प्रदेशको निर्वाचनलाई लक्षित गरेर आगामी चुनावी रणनीति बनाउन भेला केन्द्रित हुने कांग्रेस स्रोतले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्