पत्रकार भरतराज शर्माको बुवाको श्रद्धाञ्जली सम्झनामा सभा



दाङ २५ भदौ ।पत्रकार भरतराज शर्माका बुवा खडकपानी गैरेको १० औं पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ । नेपाल पत्रकार महासंघ दाङका सदस्य तथा प्रेस युनियनका पार्सद शर्माका वुवा गैरेको पुण्य तिथिमा नेपाल पत्रकार महासंघ दाङले श्रद्धाञ्जली सभा गरेको हो । अध्यक्ष सबिन प्रियासनको अध्यक्षता तथा सल्लाहकार सुदीप गौतमको प्रमुख आतिथ्यमा सोमबार सभा भएको हो ।

त्यस अवसरमा बक्ताहरुले पत्रकार शर्मालाई सामाजिक क्षेत्रमा क्रियाशिल हुन प्रेरणा दिने वुवा गैरेको महत्वपूर्ण योग्दान रहेको बताएका थिए । वुवाले देखाएको मार्गमा छोराछोरी हिड्ने भएकाले छोराछोरीको सफलताको मार्गनिर्देशक वुवा हुने बक्ताहरुको जोड थियो । त्यसैले एउटा सच्चा वुवाको रुपमा गैरे रहेको बक्ताहरुले बताएका थिए ।

सभामा प्रेस युनियन दाङका अध्यक्ष शुसिल बस्नेत, प्रेस सेन्टर दाङका उपाध्यक्ष सन्तोष अधिकारी, प्रेस चौतारीका सचिब प्रेम वहादुर राम्जालगायतले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदन ब्यक्त गरेका थिए । भने सहभागिहरुलाई पत्रकार शर्माले धन्यवाद ब्यक्त गरेका थिए । सभाको सहजीकरण सचिब भुपेन्द्र वलीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्