राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै



सैघाली खबर
काठमाडाँै ५, साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । राजधानीको अनमोल क्याट्रिङमा बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्रसहित अरु कार्यपत्रमा छलफल सुरु भएको छ ।

बैठकमा महामन्त्री ध्रुबबहादुर प्रधानले स्थानीय तह निर्वाचनको प्रारम्भिक समिक्षा, महामन्त्री जयन्त चन्दले सचिवालयको प्रतिवेदन तथा भावि कार्यक्रम र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन हिजो पेश भएको छ । प्रतिवेदनमाथि २० केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको आज बाँकी सदस्यले बोल्ने सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

बैठकमा वरिष्ठ नेता पशुपति शमशेर राणालगायतका असन्तुष्ट नेताहरुको भने सहभागिता हुनुभएन आजको बैठक अहिले केहीबेरमा शुरु हुँदैछ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीकोे केन्द्रीय कार्य समितिको बैठक बसेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्