२३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिपमा नेपाल पराजित



सैघाली खबर
काठमाडाँै ५, साउन । २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ । युएईमा गएराति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २–० ले पराजित भयो ।

लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन् । खेलको २८औं मिनेटमा पहिलो गोल खाएको नेपालले खेलको अन्तिम मिनेटमा समालिन नसक्दा दोस्रो गोल खान पुग्यो ।

गएरातीको हारसँगै नेपालले प्रतियोगिताको सबै खेलमा हार वेहोर्दै अंकविहीन भएर घर फर्कियो । तीन खेलमा १० गोल खाएको नेपालले एक गोल पनि गर्न सकेन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्