प्रदेश ४

रेडलाइट एरिया तोक्न र यौनकर्मीलाई परिचयपत्र दिन मुख्यमन्त्रीको प्रस्ताव

By थाहा अनलाइन

September 12, 2018

सैघाली खबर, २७ भदौ ।

मुलुकभर बलात्कारको घटना बढिरहँदा एक मुख्यमन्त्रीले पर्यटक भित्र्याउन रेडलाइट एरिया र यौनकर्मीलाई परिचय पत्र दिन सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् ।

कास्कीको पोखरामा आयोजित होटल संघ नेपालको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचय पत्रको व्यवस्था वा निश्चित क्षेत्रमा यौन व्यवसाय गर्न रेडलाइट एरिया तोकिनु पर्ने बताएका हुन् ।

यौन व्यवसाय रोक्ने प्रयासहरु असफल भइरहेको भन्दै उनले बरु यसलाई व्यवस्थित गरेर लैजानु उचित हुने धारणा राखे । लुकेर यौनधन्दा चल्दा निश्चित व्यक्तिले मात्रै फाइदा लिइरहेको भन्दै उनले भने, ‘जति रोक्न खोजेपनि भित्रभित्र धन्दा भइरहेकै छ, बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’

व्यवस्थित गर्दा कर पनि संकलन हुने बताएका मुख्यमन्त्री गुरुङले यौनकर्मीलाई ‘परिचयपत्र व्यवस्था गर्न सकिए पोखराका होटल व्यवसाय अझै फस्टिने विश्वास व्यक्त गरे ।