कुराकानी

‘प्रतिसतका आधारमा हाम्रो पहुँच उत्कृष्ठ’

By थाहा अनलाइन

July 20, 2017

 

 

हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाको लगानीद्धारा सञ्चालित हाम्रो पहुँच सेकेन्डरी स्कुलले यस बर्षको एसईई नतिजा तुलसीपुर क्षेत्रमा उत्कृष्ठ ल्याएको दाबि गरेको छ । तुलसीपुर उपमहानगरपालिका ७ रहेको उक्त बिद्यालयले तुलसीपुरका अन्य बिद्यालय भन्दा बढि प्रतिसत बिद्यार्थी एप्लसमा उर्तिण गराउन सफल भएको जनाएको छ । पत्रकार दिपक बोहराले स्कुलका प्रिन्सीपल डिआर भण्डारीसंग गरेको कुराकानीको सारसंक्षेप । – सम्पादक

स्वागत छ । धन्यबाद । १ एसईई नतिजामा हाम्रो पहुँच सेकेन्डरी स्कुल तुलसीपुरको उत्कृष्ट भयो भनेर प्रचार गरिरहनु भएको छ ? आधार के हो ?

बिगतका बर्षहरुमा पनि सत प्रतिसत बिद्यार्थी उतिर्ण गराउन सफल हाम्रो पहुँच सकेन्डरी स्कुलले यस पटक तुलसीपुरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । हामीले प्रतिसतका आधारमा तुलसीपुरका अन्य बिद्यालय भन्दा बढि बिद्यार्थी उतिर्ण गराउन सफल भएका छौं । जम्मा ३८ जना बिद्यार्थी मध्य हामीले ७ जना ए प्लसमा पास गराउन सफल भएका छौं । अन्य २५ जना ए र ७ जना बिप्लसमा पास गराउन सफल भएका छौं ।

२ नतिजा उत्कृष्ठ ल्याउन सफल हुनुको जस केहो ? यसमा शिक्षक, बिद्यार्थी र अभिभावकको मेहनत नै हो । शिक्षकले पढाएर मात्रै पनि हुँदो रहेनछ, शिक्षकले पढाएको आधारमा बिद्यार्थीले पनि त्यहि अनुसार ध्यान दिएर पढ्नु पर्ने रहेछ भने अभिभावकले पनि बिद्यार्थीहरुको पढाई प्रति निरन्तर अनुगमण गर्नु पर्दो रहेछ , त्यसो भयो भने मात्रै सोँचे अनुसारको नतिजा ल्याउन सकिदो रहेछ । ३ बिद्यार्थीका लागि वातावरण कस्तो हुनुपर्ला ? उत्कृष्ठ नतिजा ल्याउन बिद्यार्थी केन्द्रीत पठन पाठन, शैदान्तिक संगसंगै व्यबहारीक शिक्षालाई पनि जोड दिनुपर्छ । बिद्यालयले शिक्षक, अभिभावक र बिद्यार्थीबीच राम्रो सम्बन्ध बनाउन सक्नु पर्छ । शिक्षक कर्मचारीहरु ऐकेबद्धता हुन जरुरी छ । पठन पाठनका लागि बिद्यालयको वातावरण पन सहज हुन जरुरी हुन्छ । २१ औ सताव्दीको शिक्षा “Mind to Hand”  अर्थात दिमागमा जे सिकाईन्छ त्यसलाई व्यबहारमा प्रयोग गराउनु पर्ने हुन्छ । त्यसका लागि अतिरिक्त क्रियाकलापको आबश्यक पर्छ । त्यही अनुसारको सामाग्री पनि बिद्यालयले तयार पार्नु पर्ने हुन्छ ।

४ “Mind to Hand”  अन्तरगत कस्ता खालका क्रियाकलाप गर्नु भएको छ ? हामीले बिद्यार्थीलाई पढाई संगसंगै व्यबहारीक बनाउनलाई बिभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गर्छौ । हामीले जे सिकाउछौं, त्यसलाई व्यबहारमा उतार्न प्रेरण दिने खालका क्रियाकलापलाई निरन्तरता दिने गरेका छौं । साथै हामीले हावस वाईरिङ्ग, जग्गा नापी, रेडियो उद्घोषण, मैनबक्ति निर्माण, गुडिया निर्माणलगायतका तालिमहरु दिने गरेका छौं । जसले गर्दा बिद्यार्थीहरुको आत्म बिश्वास, व्यबहारीक ज्ञान बृद्धि हुन मद्धत पुग्ने गरेको छ ।

५ बिद्यार्थी प्रति अभिभावकको भुमिका कस्तो हुन्छ नी ? बिद्यार्थीहरुको पढाई बृद्धि गर्न अभिभावकको भुमिका पनि महत्वपुर्ण हुने गर्छ । अभिभावकले बिद्यार्थीका लागि समय छुट्याउनु पर्छ । बिद्यार्थीको पढाई कस्तो छ, सुधार गर्नु पर्ने पक्ष के के छन्, त्यस बिषयमा पनि जानकार हुनु पर्छ । त्यही अनुसार उसको पढाई सुधार गर्न तर्फ मद्धत गर्नु पर्छ । साथै अभिभाबकहरुले घरमा पनि राम्रो पढने वातावरणको शिर्जन गरिदिन पर्छ । बिद्यार्थी अधिकांस समय अभिभावक संग हुने भएकाले अभिभावकको भुमिका नै निर्णायक हुन्छ । अभिभावकले बिद्यालयमा आएर बिद्यार्थीको पढाईको अबस्थाबारे बिद्यालयमा आएर बुझ्नु पर्छ । ६ बिगतका बर्षहरुमा तुलसीपुरमा उत्कृष्ठ नतिजा ल्याउन चुनौती थियो । त्यो चुनौतीलाई पार गरेर अहिले उत्कृष्ठ हुन सफल भयो । हाम्रो पहुँचले आउदा बर्षमा पनि तुलसीपुरमा उत्कृष्ठ नतिजा ल्याउन सक्ला ?

सक्छ । हामीले अझै यो नतिजालाई पनि सुधार गरेर राम्रो नतिजा ल्याउन सक्छौं । अझै हामीले बिद्यार्थीहरुलाई पढाई प्रति आकर्षण गराउन अत्तिरिक्त क्रियाकलाप, गृहकार्यमा जोड, बिद्यार्थीको मुल्याङ्गकन, प्रत्येक युनिट अनुसार परीक्षा बनाउने, व्यबहारीक शिक्षामा जोड दिने लगायतका क्रियाकलापमा जोड दिनेछौं ।

७ बिद्यालयले राम्रो नतिजा ल्याउन के गर्नुपर्ला ? बिद्यालयले राम्रो नतिजा ल्याउन सबै कुरा मिल्नु पर्छ । एउटा कुरा त बिद्यालयको व्यबस्थापन, बिद्याथी, शिक्षक, अभिभावक सबैले बिद्यार्थीको पढाई प्रति चासो राख्नु पर्छ ।

८ प्रायः निजि बिद्यालयले नै उत्कृष्ठ नतिजा ल्याउने गरेका छन्, सरकारी बिद्यालयले उत्कृष्ठ नतिजा ल्याउन नसक्नुको कारण के देख्नु हुन्छ ? सरकारी बिद्यालयको व्यबस्थापन पक्ष खुकुलो भएर नतिजा खस्किएको हो की ? भन्ने लाग्छ । म पनि केही बर्ष देखी शिक्षा क्षेत्रमा क्रियाशिल रहेकाले मेरो अनुभबका आधारमा भन्नुपर्दा सरकारी बिद्यालयले “Hair and Fire “ को नीति अबलम्बन गर्नु पर्छ, त्यति गर्न सक्ने हो भने मात्रै पनि सरकारी बिद्यालयको नतिजामा केही सुधार ल्याउन सकिन्छ ।

९ प्रसंग बदलौ, हजुर प्याबसन दाङको सदस्य पनि हुनुहुन्छ, निजि बिद्यालयले मनपरी महंगो शुल्क लिने गर्छन भन्ने गुनासो आउने गर्छ नी ? हामीले सर्बशुलभ शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेका छौं । हाम्रो नारा भनेको Lets do something for quality education भन्ने छ । निजि बिद्यालयले सेवा अनुसारको शुल्क लिने गर्छन । हामीले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेका छौं । हामीले शिक्षालाई शुल्कसंग दाँज्ने प्रबृति छ । शैक्षिक गुणस्तर बृद्धि गर्न यसको अन्त्य हुन जरुरी छ । अब पनि परम्परागत शिक्षाले अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ, त्यसैले शिक्षालाई पनि आधुनिकता तिर लैजान पनि आबश्यक छ ।

१० अन्तमा केही भन्नु छ ? शिक्षा बाँडिएको छ । धनीले राम्रो स्कुल खोजेर पढाउछन्, अलि मध्याम धनीले मध्याम स्तरको बिद्यालय खोज्ने गर्छन, अनी न्युन स्तर भएकाले सामान्य बिद्यालय खोज्ने गर्छन् । शिक्षा यसरी बाँडिनुले शैक्षिक गुणस्तरमा नै प्रश्न चिन्ह खडा गरेको छ, यो राम्रो पक्ष पनि होईन । शिक्षा सबै बर्गका लागि बराबार हुनु पर्छ ।यसका लागि राज्यले ध्यानदिनुपर्छ ।