दाङमा प्रर्दुषण मापन शुरु



सन्तोष अधिकारी,

दाङ,२९ भदौ । दाङ,२९ भदौ । राप्ती यातायात कार्यालय तुल्सीपुरले सवारी साधनमा प्रदुर्षण मापन जाँच शुरु गरेको छ । सरकारले मुलकभर चारपाङ्ग्रे सवारीसाधन जाँचपास गराउँदा प्रदुषण मापन गर्ने नियम लागू गरेसँगै दाङमा पनि सो कार्यको शुरुवात भएको हो ।

 

सवारीसाधन चेकजाच गराउँदा प्रदुषण रहित भएमा हरियो र नभएमा रातो स्टीकर यातायात कार्यालयले लगाइदिदै आएको छ ।सरकारले लागू गरेको नियमानुसार निजी सवारी साधनले बर्षको एकपटक र सार्वजनिक सवारी साधनले ६/६ महिनामा प्रदूषण जाँचपास गराएर हरियो स्टिकर लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रदुषण मापन गरिरहेका यातायात व्यवस्था कार्यालय तुल्सीपुरकका ओभरसियर पदम गिरीले भण्डारीले स्कारपियोको प्रदुर्षण मापन गर्दा १८ दशमलव४ प्रतिशत कार्वन मनोअक्साइडको मात्रा भेटिएको बताए । रातो नम्बर प्लेटको सवारीका लागि कार्वन मनोअक्साईडको मात्रा ६५ प्रतिशत हुनुपर्ने ओभरसियर गिरीले बताए ।

वातावरण प्रदूषणको धेरै कारण मध्ये सवारी साधनको धुँवा पनि एक भएकाले यसको मापन शुरु गरिएको हो बताउँदै ढकालले भने–‘प्रदुषण मापन गरि हरियो स्टिकर अनिवार्य गरेमा प्रदुषण घट्ने देखिन्छ’ ।

 

भर्खरै लागू भएको नियम धेरैलाई थाहा नभएर पनि हुन सक्छ अहिले सवारी धनीहरु प्रदुर्षण मापनको लागि खासै नआए पनि विस्तारै यसले गति लिने बताउनु हुन्छ यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख मित्रलाल ढकाल । अहिले सवारी जाँचपास तथा रुट,परमिटका लागि आउने सवारी साधनलाई प्रदुषण मापन गर्न भनेका छांै, क्रमशः मापन गर्न आउने सवारी साधनको संख्या बढ्ने ढकालले बताए ।

सरकारले डिजलबाट चल्ने १९९५ मोडेल भन्दा अगाडिका सवारी साधनका लागि ७५ प्रतिशत कार्वन मनो अक्साईडको मात्रा भएमा पास हुने र सन १९९५ भन्दा पछाडिका सवारी साधनमा ओपासीटि रेट ६५ प्रतिशत हुनुपर्ने नियम बनाएको । त्यसैगरी पेट्रोलबाट चल्ने सवारी साधनमा सन १९८० भन्दा अगाडिका सवारी साधनमा ४ दशमलव ५ प्रतिशत र सन १९८० भन्दा पछिका सवारी साधनमा ३ प्रतिशत कार्वनको मात्रा हुुनुपर्ने नियम रहेको छ ।

 

सवारी जाँचपास यन्त्र प्रयोगमा आएसँगै कुन सवारी प्रयोग गर्न उपयुक्त छ र कुन चलाउन अनउपयुक्त छ भन्ने वारेमा जानकारी हुनेछ । अत्याधिक प्रदुषणयुक्त तथा कन्डिसन विग्रिएका गाडीलाई सञ्चालनमा रोक लगाइने यातायात व्यवस्था कार्यालयका प्रमुख मित्रलाल ढकालले बताए ।

 

डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन प्रदुषण जाँच्नका लागि छुट्टाछुट्टै मेसिनहरू प्रयोग गरिएकाछन । पेट्रोलबाट चल्ने सवारी साधनले फ्याँक्ने धुवाँको मात्रा ग्याँस एनालाइजर मार्फत नापिन्छ भने डिजेलबाट चल्ने सवारी साधनले फाल्ने धुवाँ ‘डिजेल स्मोक मिटर’ मार्फत नाप्ने गरिएको छ । प्रदुषण मापण प्रकृया शुरु भएसँगै अहिले बजारमा धेरै धुवाँ फ्याक्ने सवारीसाधनहरु सञ्चालनमा कमि आउने विश्वास सर्वसाधारणले लिएकाछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्