प्रवास

पुर्वराजा आज थाइल्याण्ड जाँदै

By थाहा अनलाइन

September 14, 2018

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार थाइल्याण्ड जाँदैछन्। पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, निजी सचिव सागर तिमल्सिनासहित थाइल्याण्ड जान लागेका हुन्। थाइल्याण्ड भ्रमणको व्यवस्थापन गर्न बुहारी हिमानी बिहीबार बैंकक पुगेकी छिन्। निजीसचिव स्मिता सिह, पूर्वराजाका सहयोगी हस्तबहादुर मल्ल, भान्छे, सुसारे र नानीसहितको टोलीका साथ हिमानी थाइल्याण्ड पुगेकी हुन्। पूर्वराजासँगै  साथी प्रभुशमशेर राणा, साला उदयशमशेर राणा र उनकी पत्नी रोशनी राणा पनि जानेछन्। स्रोतका अनुसार दुई साता थाइल्याण्ड बसेर पूर्वराजा श्रीलंका र  भारत जाने तय भएकाे छ। यस क्रममा श्रीलंका र भारतमा उच्च राजनितिक भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ।