सुसिल श्रेष्ठ र अमिर गौतमको ‘बादशा जुट’ (भिडियो)



सैघाली खबर, २९ भदौ ।
नायक सुसिल श्रेष्ठ अभिनित चलचित्र ‘बादशा जुट’को भर्खरै मात्र सुटिङ सम्पन्न भएको छ । चलचित्रको रिलिज डेट भने अझै तोकिएको छैन । सैघाली खबरको टीम यस चलचित्रमा समावेश ‘काफल पाक्यो’ गीत सुटिङको क्रममा पुग्दा चलचित्र रिलिज डेट गोप्य नै राखेपनि गीत भने दशैको अवसरमा रिलिज गर्ने तयारी भएको निर्माण पक्षले जनाएको छ ।

राजनराज शिवाकोटी र मेलीना राईको स्वर रहेको गीत फिचरिङमा सुसिल र प्रियंकालाइ देख्न सकिनेछ । सुर्य बिनायक जंगलमा सम्मपन्न गीत सुटिङका क्रममा नायक सुसिल श्रेष्ठ दौरा सुरुवाल र ढाका टोपीमा निकै आकर्षक देखिएका थिए भने प्रियंका पनि साडिमा उत्तिकै राम्रि देखिएकि थिईन ।

जोनी सिं रानाले निर्देशन गरेको यस यस चलचित्रमा सुसिल श्रेष्ठ, अमिर गौतम, सुधा रावत, रोजी खड्का लगाएत कलाकारहरुको अभिनय देख्न सकिनेछ । नायक सुसिल अभिनित चलचित्र ‘होस्टेल रिटन्स’, ‘सायद २’, ‘कारखाना’  रिलिज भईसकेका छन् भने र ‘लभ डायरी’  रिलिजको पर्खाईमा छ । यस्तै प्रियंका अभिनित चलचित्र ‘छक्का पञ्जा तीन’, ‘कथा काठमाण्डौँ’ लगाएत चलचित्र दशैको अवसरमा रिलिज हुदैछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्