अवको नेतृत्व सर्वसम्मत चयन हुनुपर्छ ः बुढाथोकी



आगामी श्रावण २८ गतेका दिन दाङ उद्योग वाणिज्य संघको १३ औ साधारण सभा एवं अधिवेशन हुदैछ । यस विषयमा रहेर दाङ जिल्ला उद्योग वाणिज्य संघ उपाध्यक्ष खड्क बुढाथोकी संग सैघाली खबरमा कार्यकारी सम्पादक जनक नेपालीले गर्नु भएको कुराकानीको सम्पादित अंश !

१. दाङ जिल्ला उद्योग वाणिज्य संघको १३ औ साधारण सभा एवं अधिवेशन आउँदै छ त्यसको तयारी कस्तो छ ?
उद्योग वाणिज्य संघको अधिवेशन तथा साधारण सभा आउँदै छ त्यसका लागि उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरु खट्दै आएका छौ । खाँसमा भन्नु हुन्छ भने हामी अधिवेशनमा आबश्यक पर्ने सम्पूर्ण कागजात जुटाउनमै व्यस्त छौ ।

सबैले आ आफ्नो जिम्मेवारीका साथ भुमिका निर्वाह गरी रहनु भएको छ । खासमा भन्नु हुन्छ भने हामी यतिवेला सम्म उपमहानरपालिका क्षेत्रमा रहेका सम्पुर्ण उद्योगी व्यापारीहरुको लगत संकलनको काम सम्पन्न गरेका छौ ।

उद्योग वाणिज्य संघको तर्फबाट सूचना सार्वजनिक गर्ने काम गरेका छौ, प्रतिवेदन लेखन विधान संशोधन र प्रमुख अतिथीको विषयमा समय अबको केही दिनमै छलफल गरेर टुङ्ग्याउने तयारीमा छौ तयारीमा हिसाबले भएको काम यहि हो ।

 

२ . उद्योग वाणिज्य संघको अध्यक्षको दावेदार तपाई पनि हो भन्ने बजार चर्चा छ खास केहो ?
कुनै संस्थाका दोश्रो व्यक्ति संस्थाको अध्यक्ष बन्छु भन्दा फरक पर्दैन जस्तो लाग्छ मलाई किन भने म अहिले सम्म दाङ उद्योग वाणिज्य संघको अध्यक्ष बन्नै पर्छ भन्ने कुनै कुरा गरेको छैन । तर उद्योग वाणिज्य संघका रहदा सम्म मैले हरेक व्यापारी साथीहरुको काम गर्दै आएको छु उहाँका समस्याहरु संग नजिक रहेको छु त्यसकारण उहाँले अध्यक्षको रुपमा पठाउँनु भएको भने म जान्न भन्न मिल्दैन त्यसकारण मा दाङ उद्योग वाणिज्य संघका भएका सम्पूर्ण व्यापारीहरुको प्रतिधित्व गर्दै जानु पर्ने हुन्छ ।

त्यसमा अहिले सम्म म व्यापारलाई नै रोजीरोटीको पाटो बनाउँदै आएको छु । म कुनै कारणले अयोग्य छु जस्तो लाग्दैन अध्यक्ष बन्नलाई । म उपाध्यक्ष हुदा घोराही निर्माण गर्न थालेको बहुउदेश्य सभागृह निर्माण देखि, औधोगिक करिडोरको क्षेत्रको विकास, व्यावसायीे हक अधिकार स्थापित गर्नका लागि निरन्तर रुपमा लाग्दै आएको छु त्यसकारण म नै अबको दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा दावी गर्छु । म हरेक व्यावसायीको दैलो दैलोमा पुगेर व्यावसायीको समस्याको पहिचान गरेको छु जसका कारण समस्या समाधानका बिषयमा समेत वृहत योजना बनाएर अगाडी बढेको छु त्यसकारण मलाई सम्पुर्ण व्यावासायीले विस्वास गर्नु हुन्छ भन्नेमा म ढुक्क छु ।

३ . तपाई नै किन उद्योग वाणिज्य संघको अध्यक्ष बन्ने ?
देश यतिबेला संघीय संरचनामा गएको छ । अब उद्योग व्यापार क्षेत्रको दिगोपना कसरी गराउँने भन्ने एउटा समस्या छ । भोली उद्योग वाणिज्य संघको भविश्यक कस्तो हुने भन्ने प्रश्न पनि उठेको छ । व्यापार क्षेत्रको दायरा पनि अलि फराकिलो बनेको छ । त्यसकारण यी सम्पूर्ण समस्या समाधानका लागि एउटा कुशल नेत्रित्वको आबश्यक छ ।

म काममा विश्वास गर्ने मान्छे जसले काम गर्दैन त्यस मान्छेलाई विभिन्न पद दिनु हुदैन भन्ने मान्यता रहेको छ ।देश संघीय संरचनामा गएको अबस्थामा उद्योग वाणिज्य संघलाई सहि रुपमा अगाडी बढाउने र विकास गर्ने हो भने सही नेत्रित्व चयन गर्न आबश्यक छ । उद्योग वाणिज्य संघले सम्पूर्ण व्यावसायीहरुको हक अधिकारलाई स्थापित गर्नुपर्छ । व्यावसायी साथीहरुले म माथी विश्वास गरेर नै उद्योग वाणिज्य संघको अध्यक्षको दावी गरेको हु ।

४.  यस क्षेत्रको विकासका लागि तपाई संग कस्ता कस्ता योजना छन् ?
यदी म नै उद्योग वाणिज्य संघको अध्यक्ष बन्न पाएभने ५ ÷ ७ वटा काम गर्ने योजना बनाएको छु । पहिलो बजार क्षेत्रमा व्यापार गर्दै आएका व्यापारीहरुलाई बर्षेनी भाडादर घरवेटीले बढाउने गरेका कारण समस्या भोग्दै आउनु भएको छ । त्यसको अत्य गर्नका लागि बैज्ञानीक भाडादर कायम गर्ने,दोश्रो सहिद गेट देखि बैङ्क रोड, बैङ्क रोड देखि गणेश मन्दिर, न्यू रोड लगायतका विभिन्न स्थानमा बैज्ञानीक भाडादर कायम गर्ने , तेश्रो मासिक रुपमा प्रत्येक व्यापारीहरुबाट ५० रुपैयाँ जम्मा गरी आफ्नो व्यापारको शुरक्षाका लागि १५ ÷ २० जना चौकिदारको व्यवस्था गर्ने, चौथो धर्नामा रहेको औधोगिक करिडोरको प्रकृया अगाडी बढ्न सकेको छैन त्यसलाई अगाडी बढाउने कुरा, पाँचौ बहु उदेश्य सभागहृ निर्माणको कामलाई निरन्तर रुपमा अगाडी बढाउने , छैठौ दाङको पर्यटण क्षेत्रको विकासका लागि गुरु योजना बनाउँने यस्ता पाँच ÷सात वटा कामहरु मैले मेरो कार्यकालमा गर्ने योजना बनाएको छु । तीन बर्षको कार्यकालमा यतिकाम गर्न मात्र पाएभने व्यापारका क्षेत्रमा राम्रै हुन्छ भन्ने मलाई लाग्छ ।

५.  तपाईकै पार्टीका मान्छेले तपाईलाई असहयोग गर्ने देखिन्छ नि कारण किन ?
कारण किन भन्ने मलाई थाहा छैन । कसले व्यावसायीको पक्षमा काम गर्दै आएको छ भन्ने बारेमा बुझन् जरुरी छ । त्यस बारेमा सबै व्यावासायी साथीहरु विज्ञ हुनु हुन्छ कसैलाई केही भन्नु छ जस्तो मलाई लाग्दैन ।

एउटा साझा संस्थामा पुगेर व्यावसायीको हक अधिकार स्थापित गर्नका लागि काम गर्ने हो त्यसमा कुनै एउटा व्यक्ति कुनै अर्काे व्यक्ती दोषारोपण गर्न मैले उचित ठान्दैन । सबैले आकाङक्षा राख्नु स्वभाविक हो तर सही नेत्रित्व चुन्ने जिम्मा व्यावसायीको जिम्मा हो । कामका आधारमा मुल्याङ्कन सही को हुन्छ त्यही नै संस्थाको अध्यक्ष बन्छ यसबारेमा म अरु भन्दैन ।

६.  उद्योग वाणिज्य संघको कार्यक्षेत्र भन्दा बाहिर गएर नयाँ सदस्यता ल्याएको भन्ने तपाई माथी आरोप छ के यो सत्य हो ?
तपाई आफै भन्नुस कुनै सस्थाको उच्च पदमा रहेको व्यक्ति संस्थाको कार्यक्षेत्र भन्दा बाहिर गएर काम गर्न मिल्छ कि मिल्दैन । संस्थाको आचरण भन्दा बाहिर गएर काम गर्ने हो भने संस्थामा बस्न जरुरी हुन्छ जस्तो मलाई लाग्दैन ।

संस्था विधि र विधानबाट चल्दै आएको हुन्छ यदि विधान विपिरित कुनै काम भएको छ भने त्यसलाई रोक्नुपर्छ र त्यस्तो काम गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्छ भन्ने मान्यता म राख्छु । यदि कुनै काम संस्थागत रुपमा सञ्चालन गरिन्छ भने सिङ्गो नेत्रित्वले गरेको मानिन्छ हैन भने कसैलाई आरोप प्रत्यारोप गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।
७.  दाङको समग्र विकासका लागि तपाई संग के छ योजना ?
दाङको विकासका लागि म संग त्यस्ता केही योजना रहेका छन् । मैले पहिले देखि भन्दै आएको छु काठमाण्डौ, लुम्वीनी र दाङ त्रिकोणात्मक करिडोरका रुपमा जोड्नु पर्छ जस्तो लाग्छ । काठमाण्डौ आउने पर्यटक लुम्बीनी आउने वातावरण निर्माण गर्ने र लुम्बीनी आउने पर्यटक दाङ हुदै स्र्वगद्धारी दाङको धारपानी हुदै पुनह् फिर्ता पठाउँने योजना हामीले वनाउन जरुरी छ । यदि यो काम गर्न सकियो भने दाङको विकासका लागि हामीले भुमिका निर्वाह गर्न सक्छौ ।

त्यतिमात्र हैन दाङमा प्रदेशको केन्द«लाई बनाउँनका लागि केही आधार समेत तयार हुने देखिन्छ । त्यसका लागि सबै व्यावसायीहरु विच एकताको आबश्यकता देखिन्छ । यदि हाम्रा विचमा एकता कायम राख्न सक्यौ भने दाङमा अन्तराष्ट्रिय विमान स्थल निर्माणको योजना छ त्यसलाई पनि सही रुपमा अगाडी बढाउन सकिन्छ र दाङलाई प्रदेशको राजधानी बनाउन एउटा आधार तयार हुन्छ ।
८.  तुलसीपुर जस्तै घोराहीमा सर्वसम्मत रुपमा नेत्रित्व चयन गर्न सकिदैन ?
वर्तमान कार्य समितिले यस विषयलाई तिव्र गतिमा अगाडी बढाएको छ । सबैले अबको नेत्रित्व भनेको व्यावसायीक हक अधिकार स्थापनाका लागि काम गर्ने जुझारु नेत्रित्व चयनको पक्षमा उभिएका छौ । त्यसलै यो कार्य समितिले त्यसलाई नै बढी प्राथमिकता सर्ब सहमतिको नेत्रित्वलाई दिएको छ । हामी सकभर सर्व सहमतिको बाटै नयाँ नेत्रित्व चयन गछौ ।
९.  उद्योग वाणिज्य संघलाई कसरी समावेसी गराउनु हुन्छ ?
मैले विगत देखि नै यहि विषयमा धेरै कुरा उठाउँदै आएको छु । मैले अब उद्योग वाणिज्य संघमा कार्य समितिका सदस्यहरुको सख्या थप गरेर बढीमा ५ ÷ ६ जना मनोनित गर्ने योजना बनाएको छु । त्यसबाट छुटेका कुन कुन समुह छुट्ने देखिन्छ उहाँहरुलाई थप गरेर जिम्मेवारी दिने र काम गर्न लगाउने पक्षमा छु ।हेरौ कति सफल भईन्छ ।

१०.  अन्त्यमा केही भन्नु छ ?
खासमा भन्नु पर्ने त केही पनि छैन तर पनि उद्योग वाणिज्य संघको आगामी श्रावण २८ गते हुने साधारण सभा र भदौ पहिलो साता हुने अबिबेशनमा सम्पुर्ण व्यावसायीहरुलाई सहयोग गर्न आग्रह गर्दछु । म सबै व्यावसायीको अधिकार स्थापित गर्नका लागि काम गर्दै आएको छु त्यसकारण मलाई सहयोग गर्नु हुनेछ । अन्त्यमा तपाईको मिडिया मार्फत मेरा केही विचार आम पाठक र व्यावसायीका माझमा राख्न दिएकोमा धन्यावाद दिन चाहन्छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्