मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु



सुर्खेत : सुर्खेत पंञ्चपुरी नगरपालिका ५ मा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पञ्चपुरी नगरपालिकाको बाबियौरको हाइस्कुल नजिक चतुरे चौकबाट बाबियाचौरतर्फ जाँदै गरेको बा ४८ प ७६२२ नम्बरको मोटरसाइकलले सोही ठाँउमा बस्ने पैदलयात्री उदय ढुङ्गाना, उनकी श्रीमती विष्णा ढुङ्गाना र एक वर्षीय नाति को अविशेष ढुङ्गानालाई बुधबार साँझ ठक्कर दिएको थियो।

ठक्करबाट हजूरआमा र नाति घाइते भएकोमा उपचारका क्रममा नाति अविशेषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवं प्रवक्ता श्याम सिंह चौधरीले जानकारी दिए।

कैलाली घर भई हाल सोही ठाँउको रोषनी अटो मोबाइल्समा काम गर्ने २५ वर्षीय अर्जुन शाह समेत घाइते भएको प्रहरीले जनाएको छ। घाइते तीनै जनालाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि वीरेन्द्रनगरको देउती नर्सिङ होममा उपचारका क्रममा बालकको मृत्यु भएको हो।

घाइते मोटरसाइकल चालकको देउती नर्सिङ होममा उपचार भइरहेको छ भने विष्णा ढुङ्गानालाई थप उपचारका लागि नेपालगंज मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्