अन्तर्राष्ट्रिय

एसिया कप क्रिकेट आजदेखि, पहिलो खेलमा बंगलादेश र श्रील‌ंकाकाे प्रतिस्पर्धा

By थाहा अनलाइन

September 15, 2018

सैघाली खबर, ३० भदौ ।

एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि यूएईमा सुरु हुँदैछ । यस प्रतियोगितामा नेपाल छनोट चरणमा असफल भएको थियो । प्रतियोगितामा एसियाका पाँच टेष्ट मान्यता प्राप्त र छनोट चरणबाट सहभागी भएको हङकङसमेत गरी ६ टोलीको सहभागिता रहेको छ ।

आज यूएईको शारजाहँ क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ सवा पाँच बजेदेखि सुरु हुने समूह बी मा रहेका श्रीलंका र बंगलादेशबीचको खेलसँगै एसिया कपको सुरुआत हुनेछ ।

एसिया कपको समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् भने समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । दुवै समूहका विजेता र उपविजेताले अन्तिम चारमा स्थान बनाउनेछन् । चार टोलीबीच लिग खेल अन्तर्गत सबैले सबैसँग खेल्नेछन् । यो समूहको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।