काठमाडौं, ३० भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको बिरोध तथा न्यायका लागि शनिबार देशैभर प्रदर्शन भइरहेको छ ।
निर्मलाको न्यायका लागि भन्दै देशैभरका विभिन्न ठाउँमा प्रदर्शन तथा अपराधी पत्ता लगाउन दबाबसहितका र्याली निकालिएको हो । काठमाडौंमा भने शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा दबाब र्यालीसहितको भेला हुने भएको छ ।
बिहानैदेखि देशका विभिन्न स्थानहरुमा भएका प्रदर्शनहरुमा दोषीलाई छिटो पत्ता लगाई कारबाही गर्न माग गरिएको छ । गत साउन ११ गने निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।