२१ बर्षीय छोराको जिबन बचाइ दिन आमाको अपिल



घोराही ३० भदौ।
घोराही १२ बेलभा निवासी छोरा टिकाराम भण्डारीको उपचारका लागी सहयोग गरीदिन आमा पुणीकला भण्डारीले सबैमा अनुरोध गर्नु भएको छ ।

विगत केहि समय देखी बल्ड क्यासर पिडित भण्डारीको उपचारको लागी सहयोग गरिदिन आग्रह गर्नु भएको हो ।दाङको नारायणपुर बाट एस एल सी पास गर्नु भएका टिकाराम काठमाण्डौँमा होटल म्याजमेन्ट अध्ययनरत हुनुहन्छ । हाल उहालाई बल्ड क्यानसर भएको छ ।

 

मान्छ्को जिबन कहा गएर के भइदिन्छ कसैलाई केहि थाहा नहुने रहेछ सोचेको सबै अधुरै रहने भयो भण्डारीले चिठी मार्फत भन्नु भएको छ । जिन्दगीमा होटेल म्यानेजमेन्ट पढेर केहि गर्नै लक्ष्य बोकेका २१ बर्षीया युवा अहिले जिबन र मरणको दोषाधमा हस्पिटलको बेडमा छटपटाई रहेकाछन ।

वुवा दोर्ण भण्डारी र आमा पुणीकला भण्डारीका छोरा टिकाराम भणडारी बिगत सात महिना देखि ब्लड क्यान्सर रोग बाट ग्रसित भएको पत्रकार सम्मेलन मार्फत पिडीतकी आमा पुणीकला भण्डारीले जानकारी दिनु भयो ।वुवा शिक्षक हुनुहुन्छ,दिनमा ३० देखि ४० हजार सम्म खर्च हुने गरेको उहाले बताउनु भयो ।

उपचारका लागी कममा पनि ५० लाख लाग्ने र घरको आर्थीक अबस्था कमजोर भएकाले सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

साथै सहयोग गर्नु हुनेहरुका लागी उहाहरुका लागी कृषी बिकास बैक लिको खाता नम्बर ०९१९५०१२९३७९१०१० र मोवाइल नम्बर ९७४८५४८०६४ मा सम्पर्क गरी सहयोग गरी दिनुहुन सबैमा अनुरोध गर्नु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्