प्रदेश ५

थारु समुदायले आज अट्वारी पर्व मनाउँदै

By थाहा अनलाइन

September 16, 2018

दाङ, ३१ भदौ । थारु समुदायको बसोबास रहेक जिल्लाहरुमा आइतवार धुमधामका साथ अट्वारी पर्व मनाइदै छ । पश्चिम नेपालका दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन । हरेक बर्षको अष्टमीपछि चन्द्रमा देखिने बिक्तिकै मनाउने परम्परा अनुसार आज आइतवार उपयुक्त ठानी अट्वारी मनाउन लागिएको हो ।

मुख्य गरि थारु समुदायका पु्रुषहरुले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन। आजको दिन पानी समेत नखाएर निर्जला ब्रत बस्ने गरिन्छ । अट्वारी पर्व कृण्ण जन्माअष्टमीको आठ दिन पछि आउने आइतवारका दिन मनाउने प्रचलन थारु समुदायमा रहेको छ । यो पर्व सूर्य अर्थात शक्तिको उपसनाको लागि गर्ने गरिएको थारु अगुवा अशोक थारुले वताउँनुभयो ।

किंम्वदन्ती अनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसंग समेत जोडेर यो पर्वलाई मनाउन गरिएको उनले वताए । उनले थारु राजा र पाच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको उनले वताए । अट्वारीमा शनिवार साँझ दर खाएका थारु समुदायले अर्को दिन दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्दछन् । थारु समुदायको प्रमुख पर्व मध्येको यो पर्वमा आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ ।

अट्वारीमा रोटी काँक्रा, दही, केरा, अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भातको फरहार गरिन्छ । फरहार गरिसकेपछि आफ्ना चेलीबेटीलाई काशेली अग्रासन दिन जाने चलन रहेको छ । अट्वारी पर्वलाई आफ्ना चेलीवेटीलाई सम्मान तथा दाजुभाई र दिदीबहिनीबीच एक आपासमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा पनि लिइने गरेको थारुले वताउँनुभयो ।

धर्म संस्कृतिको संरक्षण आबश्यक रहेको भन्दै सबैलाई एक बनाउन धर्म र सस्कृतीले महत्व राख्ने वताएका छन , उनले सस्कृती र परमपराको संरक्षण आबश्यक भएको वताउँनुभयो ।अटवारीमा गरिने विभिन्न विधिले थारुहरुको संस्कृती र परमपरालाई जगेर्ना गर्ने स्थानीय थारु अगुवाहरुलेले वताएका छन ।