प्रदेश ५

सल्यानमा खोलाले बगाउँदा दुईको मृत्यु

By थाहा अनलाइन

September 16, 2018

सल्यान ३१ भदौ । सल्यानमा खोलाले बगाउँदा दुईको मृत्यु भएको छ ।स्थानीय दार्मा खोलाले बगाउँदा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीले बगाउँदा दार्मा गाउपालिका ६ मलिबाङका मोहन केसी र रेखा केसीको मृत्यु हो ।

मोहनको शव घटना स्थल र रेखा केसीको घटनास्थल देखी ३ किमी तल शब फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।मोहनको शव राती नै भेटिए पनि रेखाको भने आज बिहान मात्रै शव फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।