सुनार परिवारमा विचल्ली – वली द्धारा आर्थिक सहयोग प्रदान (भिडियो सहित)



दाङ,३१ भदौ ।घोराही उप–महानगरपालिका २ बालापुरका भुपेन्द्र सुनवारको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । सैघाली खबर अनलाईन टिभीमा सनुवार परिवारको बिचल्लीमा परेको भिडियो सार्वजनिक भएपछि आर्थिक सहयोग प्राप्त भएको हो । भिडियो हेरेर साबिक घोराही २ का भिमबहादुर वलीले आर्थिक सहयोग गर्नु भएको छ ।

 

हाल मलेसियामा रहनु भएका वलीले ५ हजार ५ सय २० रुपैया सहयोग रकम प्रदान गर्नु भएको छ। भुपेन्द्रको आमाको घाँटीको क्यान्सर भएको छ भने बुवाको दुबै खुट्टा नलाग्ने अबस्था छ । मुटुमा प्वाल परेकी छोरीको उपचार नहुदा केही दिन पहिले मृत्यु भएको भुपेन्द्रले जानकारी दिनु भएको छ । आफु दृष्टि बिहिन भएपछि परिवार पाल्न निकै समस्या भएको सुनुवारको भनाई छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्