शिक्षा

अभिभावक गुमाएका बेसहारा तीन भाइले पढ्न पाए

By थाहा अनलाइन

September 16, 2018

पाल्पा, ३१ भदौ। अभिभावक गुमाएका एकै घरका तीन दाजुभाइले रैनादेवी छहरा गाउँपालिका–४ को सहयोगमा विद्यालय गएर पढन पाएका छन् । उनीहरुलाई स्थानीय सल्लेरी प्राविमा शिशु कक्षामा भर्ना गरिएको छ ।

रैनादेवी छहरा गाउँपालिका–४ बिसानाका १० वर्षीय सुशील बिटालु, ८ वर्षीय सुसान बिटालु र ६ वर्षीय विशाल बिटालु आमाबुबाको मृत्यु भइ टहुरो भएपछि पढ्नबाट वञ्चित थिए । वडा कार्यालयले शैक्षिक सामग्री कलम, कापी, झोला, स्कूल पोशाक सहयोग गरी विद्यालयमा भर्ना गरेको हो । उनीहरु तीनै जनाको जन्मदर्ता भएको छैन । पहिलो पटक विद्यालयमा अन्य साथीहरु पढ्न पाएपछि उनीहरु खुशी देखिन्छन् । उनीहरु सात भाइमध्ये तीन भाइले बुटवलमा जुत्ता सिलाउने र एउटा भारतमा मजदुरी गर्न बाध्य छन् ।

वडाध्यक्ष विष्णु पोखरेलले विद्यालयमा चाहिने सामग्रीदेखि खाना, कपडासमेत सहयोग गरिएको बताउनुभयो ।