प्रदेश ३

‘फ्लप सङ्ग’ युटुव ट्रेन्डीङ्मा (भिडियो)

By थाहा अनलाइन

September 16, 2018

सैघाली खबर, ३१ भदौ ।

पछिल्लो समयका चर्चित दुई डान्सग्रुप ‘भीमफेदी गाईज र कार्टुन क्रु’ को सहकार्यमा ‘फ्लप सङ्ग’ रिलिज भएको छ। आसुशेन लामाको स्वरमा रहेको गीतको भिडियोमा यी दुई ग्रुप फिचर रहेका छन्। सरोज अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा सरोज अधिकारी र सुविन चौलागाईको कोरियोग्राफी रहेको छ।

नमस्कार एल्बममा समावेश गीतमा गायक लामाको नै शब्द तथा संगीत रहेको छ। ज्ञानेन्द्र शर्माले खिचेको भीडीयोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन्। भिडियोले निकै राम्रो सफलता प्राप्त गरेको छ। सेप्टेम्बर १४ मा रिलिज भएको गीत हाल नेपालको युट्युव ट्रेन्डीङ्गको दोश्रो स्थानमा रहेको छ।