प्रदेश ३

छक्का पन्जा तीन, घटस्थापना की फूलपातीको दिन ?

By थाहा अनलाइन

September 16, 2018

सैघाली खबर, ३१ भदौ ।

हरेक बर्षको दशैमा रिलिज हुने चलचित्र ‘छक्का पन्जा’ को तेश्रो सिरिजको चर्चा यतिबेला चुलिएको छ।  रिलिज मिति नजिकिदै गर्दा चलचित्रले आफ्नो प्रमोशनलाई झन् बढी तीव्रता दिदै आएको छ।  चलचित्रको सार्वजनिक दुई गीतले बजारमा निकै राम्रो चर्चा कमाउन सफल भएका छन्।  यी दुई गीत र सफल सिरिज र कलाकारको जम्बो टोलीका कारण यो बर्ष पनि चलचित्र प्रतिक्षित रहेको छ।

‘जय भोले’ चलचित्र संगको टकरावका कारण पनि चलचित्रको चर्चा निकै चुलिएको छ।  दुवै चलचित्रले अहिलेसम्म रिलिज मिति तय गर्न सकेका छैनन्।  जय भोलेले ट्रेलर रिलिज गरिसक्दा समेत आफ्नो रिलिज मिति तय गर्न सकको छैन।  चलचित्र ‘छक्का पन्जा ३’ टिमले असोज पहिलो साता ट्रेलर रिलिज गर्ने तयारी गरेको छ।

सोहि ट्रेलर रिलिजमा चलचित्रले आफ्नो रिलिज मिति तय गर्नेछ।  चलचित्रले रिलिजका लागि घटस्थापना र फूलपातीमा एउटा मिति रोज्ने बुझिएको छ।  चलचित्र घटस्थापनामा रिलिज हुने प्रवल सम्भावना रहेको बुझिएको छ। आफ्नो प्रमोसनलाई तिब्रता दिएको छ।  दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रको टिम प्रमोशनका लागी चलचित्रको टिम किर्तिपुर पुगेको छ।  तेश्रो लाखे नाच प्रतियोगिताको अवसरमा चलचित्रको टिम कृतिपुरको मच्छे गाउमा पुगेका थिए।

दिपाश्री निरौला, केदार घिमिरे माग्ने वुढा,गायक डेविड शंकरले त्यहा पुगेर दर्शक संग साक्षात्कार गरेका थिए।  दर्शकको प्रेमले निर्माण टिम निकै उत्साहित देखिएका थिए।  चलचित्रमा दिपकराज गिरि, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाई, प्रियंका कार्की, सन्जोग कोईराला लगायतका कलाकारको अभिनय रहेको छ।