स्वास्थ्य

प्युठानको ९ वटै तहमा स्वास्थ्यकर्मी खटीए

By थाहा अनलाइन

July 20, 2017

सैघाली खबर

प्युठान,५ साउन

प्युठान जिल्लाका ९ वटै तहमा जिल्ला स्वास्थ्य कार्यालय प्युठानले आफ्ना स्वास्थ्यकर्मी खटाएको छ । नयाँ सघिय संरचना अनुसार साउन १ गतेदेखि जनप्रतिनिधिहरुले काम गर्न सुरु गरेपछि स्वास्थ्यकर्मीहरुलाई पनि नगर तथा गाउँपालिकामा खटाइएको हो ।

स्वास्थ्य मन्त्रालयको निर्देशन तथा स्थानिय तहमा प्रशासनिक संगठन तथा व्यवस्थापन सम्बन्धि आदेश २०७४ बमोजिम जिल्ला स्वास्थ्य कार्यालय प्युठानले आफ्ना १८ जना स्वाथ्यकर्मीलाई खटाएको जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिनुभएको छ ।

संघियता कार्यान्वयन तथा जनतालाई छिटो छरितो र गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गर्न वडा गाउँ नगर सभामा स्वास्थ्यका सवालहरुमा योजना बनाउन र गाउँ तथा नगर सभामा स्वास्थ्य कार्यालयका कर्मचारीले काम गर्ने जनस्वास्थ्य अधिकृत सुवेदीले बताउनुभयो । स्थानीय तहमा हुने कार्यक्रम, अन्तरक्षेत्र समन्वय र अभिलेख प्रतिवेदन सुधार हुने अपेक्षा गरिएको उहाँको भनाई छ । जिल्ला स्तरबाट सञ्चालन हुँदै आएका बाल स्वास्थ्य कार्यक्रम, परिवार स्वास्थ्य कार्यक्रम, रोग नियन्त्रण जस्ता कार्यक्रम तथा बजेट अब नगर तथा गाउँपालिकाममा गइसकेको उहाँले बताउनुभयो ।।