नारायणपुर विमानस्थल सर्वे छिट्टै हुने



दाङ,३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले नाराणपुरमा निर्माण हुने विमान स्थलको सर्वेछिटै गर्ने बताउँनु भएको छ । घोराहीमा आयोजित पत्रका संगको भेटघाट बोल्दै मन्त्री अधिकारीले यस्तो बताउँनु भएको हो । त्यसका लागि यसै महिना कन्सलटेन्ट हायर गरी विमानस्थलको सर्वे गरिने वताउँनुभयो । मन्त्री अधिकारीले

दशै अगाडी नै टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत जनाउँनु भएको थियो ।काठमाडौं देखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौंबाट भैरहवा हुँदै दाङ हवाई सेवा सूचारु गर्न पहल थाल्ने समेत बताउँनुभयो । उहाँले ईन्धन डिपो स्थापन तथा धावनमार्ग बिस्तार गरेर भएपनि दाङमा एयरपोर्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए । मन्त्री सहित आएको टोलीले एयरपोर्टको अवलोकन समेत गरेको थियो । अहिले कालोपत्रे गरिएको धावनमार्ग सात सय ५० मिटर मात्रै रहेको वताउँदै त्यसलाई बढाएर १२ सय मिटर पु¥र्याउँने वताउँनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्