प्रदेश सरकारद्धारा नदीजन्य बस्तुको व्यवस्थापन गर्न कार्यविधी पारित



बुटवल,  ३१ भदौ  । प्रदेश पाँचको मन्त्रिपरिषद्को बैठकले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि पारित गरेको छ । कार्यविधि समयमै नबनेको भन्दै स्थानीय तह आक्रोशित भइरहेका बेला सरकारले कार्यविधि ल्याएको हो ।कार्यविधि आएसँगै स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन् गर्ने बाटो खुलेको छ । आइतबार बसेको बैठकले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको कार्यविधि समेत स्वीकृत गरेको छ। मानव विकास सूचाङ्क कमजोर रहेका गाउँपालिकालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेटमा मुख्यमन्त्री ग्राामीण विकाश कार्यक्रम सञ्चालन गर्ने घोषण गरेको थियो ।कार्यविधिमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिवको नेतृत्वमा प्रदेशमा निर्देशक समिति र जिल्ला समन्वय समिति संयोजको संयोजकत्वमा जिल्ला समिति रहने व्यवस्था गरेको छ।

बैठकले फागुन ३ गतेलाई प्रदेश स्थापना दिवसका रुपमा घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । बैठकले प्रदेश सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, संस्था दर्ता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश ५ बाट प्रदखान गरिने विभूषण सम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदालाई मन्त्री परिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । असोज ३ गते विविध कार्यक्रम गरी संविधान दिवश मनाउने निर्णय बैठकले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्